काठमाडौं- एसिसी यु १९ एसिया कप अन्तर्गत युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन्। ६३ बल खेलेका उनले ५० रन बनाएका हुन्। जसमा उनले ७ चौका हाने।
यस्तै आसिफ शेख अर्धशतक नजिक पुगेर चुके। ५३ बलमा ४६ रन बनाउँदा उनी आउट भए। जसमा उनले ८ चौका बनाए।
श्रीलंकाको कटुनाएकेमा भइरहेको खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको हो।
ओपनिङ ब्याटिङमा गएका रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएपछि दबाबमा परेको नेपाली ब्याटिङ आसिफ र रोहितले केही उकासेका हुन्।
यस्तै सन्दीप जोरा २७ बलमा ३३ रन बनाएर खेलिरहेका छन्।
२६ ओभर सकिँदा ३ विकेट गुमाएर नेपालले १३३ रन बनाएको छ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा युएईसँग खेलिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।