• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

असफल प्रेम विवाह, बैशाखमा बिहे, माघमा सम्बन्धबिच्छेद

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  ११:५१
1140x725


रोल्पा– किशोरावस्थामा प्रेम विवाह  गरेको एक जोडीले तीन महिनामै आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन्। 

जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी  दिए। 

रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी र कक्षा ९ मा अध्ययनरत १७ वर्षीय किशोरबीच २०७४ वैशाख २ गते प्रेमविवाह सम्पन्न भएको थियो। आफूखुशी विवाह बन्धनमा बाँधिएको यो जोडी न सफल हुन सक्यो, न त उनीहरुको परिवारमा नै बालविवाहले खुशी दिलाउन सक्यो। १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी किशोरीको १६ वर्ष नपुग्दै सम्बन्धबिच्छेद भयो। 

एकातिर जिल्ला बालविवाह मुक्त घोषणा गर्ने अभियान चलिरहँदा अर्काेतिर छोराछोरी विवाह बन्धनमा बाँधिनुले परिवारमा केही समस्या त निम्त्यायो नै त्यो भन्दा बढी उनीहरुको भविष्यको चिन्ताले दुबैको घरपरिवारलाई सताइरह्यो। तर पनि छोराछोरीको खुशी नै ठूलो कुरा ठानेर परिवारले लगन जुराइ जातीय परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरेको उनीहरुका अभिभावकको भनाइ छ। 

दुवैका अभिभावकले छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेर विद्यालय भर्ना गरिदिएका थिए। तर अभिभावकको सपना सपनामै सीमित रह्या । विवाहले उनीहरुको पढाइलाई मात्र असर गरेन केही दिनमै दुवैको व्यक्तिगत तथा पारिवारिक जीवनमा पनि ठूलो समस्या निम्त्याउँदै गएको परिवारले बताएका छन । दुवैका आफन्तका अनुसार विवाहपछिका दिनमा सधैँजसो उनीहरुका बीचमा ठाक्ठुक् पर्न थाल्यो जसका कारण यो जोडीले सँगै जिउने, सँगै मर्ने अनि बाँचुञ्जेल दुःखसुख बराबर बाँड्ने कसम खाएर गरेको वाचा छोटो समयमै टुंगिया । 

२०७४ साउन २४ गते जिल्ला अदालत रोल्पामा किशोरीले सम्बन्धबिच्छेद गरी पाउँ भनी निवेदन हालिन्। उनको निवेदनमा श्रीमान्ले खान लगाउन नदिएको, दिनहुँजसो गालीगलौज गर्ने गरेको, विवाह गरेको केही दिनमै श्रीमान्ले विद्यालय छोडेर आफूलाई विद्यालय छोड्न आग्रह गरेको तथा आफूले पढ्ने इच्छा जाहेर गर्दा कुटपिट गर्ने तथा घर निकाला गर्ने गरेको हुँदा सँगै बस्न नसक्ने कुरा उल्लेख गरिएको छ। 

यसरी सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएकी उनी गत असारदेखि माइतीमा बस्दै आएकी थिइन । १६ वर्ष नपुग्दै २०७४ माघ २१ गते जिल्ला अदालत रोल्पाले गरेको फैसलासँगै उनीहरुको जिन्दगीको यात्राले फरक मोड लिइसकेको छ। 

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार किशोरकिशोरीले यौटा आदर्शमय जीवनको परिकल्पना गरेर आवेशमा जोडेको सम्बन्ध वास्तविकरुपमा साकार हुँदैन। विवाहको महत्व, परिवेश तथा त्यसले भविष्यमा पु¥याउन सक्ने दूरगामी असरको बारेमा जानकारी नभइकन लहलहैमा प्रेममा पर्ने अनि विवाह गर्ने परिपाटीले केही जान्ने बुझ्ने भएपछि श्रीमान्श्रीमती एकलाई अर्काे मन नपर्ने हुन थाल्छ जसका कारण उनीहरु सम्बन्धबिच्छेदमा पुग्ने गरेका छन । 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोगजारीमा जानुपर्ने बाध्यता, अशिक्षा, गरिबी, चेतना अभाव आदिका कारण जिल्लामा ठूलो संख्यामा सम्बन्धबिच्छेदका घटना देखापर्न थालेका छन्। 

त्यसैले शिक्षाको अवसर तथा जनचेतनामा वृद्धि गर्ने, स्थानीयस्तरमै पेशा व्यवसाय तथा रोजगारीको अवसर सिर्जना गर्ने र पारिवारिक मूल्यमान्यताको सम्बन्धमा नैतिक शिक्षामा जोड दिनसके यस किसिमका घटनामा न्यूनीकरण हुनसक्ने उनको भनाइ छ। 

पढ्ने, लेख्ने र केही सिक्ने उमेरका बालबालिका विवाह बन्धनमा बाँधिनु र छोटो समयमै सम्बन्धबिच्छेदको अवस्थामा पुग्ने वातावरण सिर्जना हुनाले उनीहरुको बाल मष्तिष्कमा नकारात्मक असर पर्नसक्ने महिला अधिकारकर्मी शारदा गौतमले  बताए। 
ती किशोरीजस्तै रोल्पा जिल्लामा कलिलो उमेरमा सम्बन्धबिच्छेद गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। जिल्ला अदालत रोल्पाको तथ्यांक हेर्ने हो भने पनि सबैभन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा भेटिने गर्छन्। यसरी दर्ता हुन आएका मुद्दामध्ये सबैजसो मुद्दा श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, कारणवस माइती जाँदा खोज खबर नगर्ने भएकै कारण सम्बन्धबिच्छेद हुने गरेको जिल्ला अदालत, रोल्पाले जनाएको छ। 

यस्तै, जिल्ला अदालत, रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आवमा मात्र जिल्ला अदालत रोल्पामा ६७ वटा सम्बन्धबिच्छेदका मुद्दा परेका छन् जसमध्ये ३३ वटा मुद्दा फैसला भइसकेका छन् भने ३४ वटा मुद्दा फैसला हुन बाँकी छन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी गतः आवबाट जिम्मेवारी सरेर आएका ३८ वटा सम्बन्धबिच्छेदका मुद्दामध्ये २७ वटा मुद्दा फैसला भइसकेका छन् भने ११ वटा मुद्दा फैसला हुन बाँकी छन् । विगतका वर्षमा जस्तै यस आवमा पनि जिल्ला अदालत, रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धबिच्छेदका मुद्दा बढी नै छन्। 

जिल्ला अदालत रोल्पाका श्रेस्तेदार मनबहादुर विष्टका अनुसार सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतसम्म आइपुग्ने सबैजसो सेवाग्राही आफन्त वा साथीको साथमा आउने गरेका छन्। यसरी सम्बन्धबिच्छेदका लागि आउने अधिकांश सेवाग्राहीले आफ्ना समस्या व्यक्त गर्न सकिरहेका हुँदैनन्। 

त्यसैले कानूनी सहायता पाउन नसकेका असहाय, अशक्त, नाबालक, आर्थिकरुपमा विपन्न, थुनुवा मानिस मुद्दाको पक्ष भएकाको मुद्दा दर्ता गर्न र प्रतिरक्षासमेतको काम गरिदिन अदालतले वैतनिक कानून व्यवसायीको व्यवस्था गरेको छ भने यस्ता कानून व्यवसायीलाई सेवा दिएबापत कुनै किसिमको रकम दिनुनपर्ने उनको भनाइ छ। रासस 
–––

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्