• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

असफल प्रेम विवाह, बैशाखमा बिहे, माघमा सम्बन्धबिच्छेद

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  ११:५१
1140x725


रोल्पा– किशोरावस्थामा प्रेम विवाह  गरेको एक जोडीले तीन महिनामै आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन्। 

जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी  दिए। 

रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी र कक्षा ९ मा अध्ययनरत १७ वर्षीय किशोरबीच २०७४ वैशाख २ गते प्रेमविवाह सम्पन्न भएको थियो। आफूखुशी विवाह बन्धनमा बाँधिएको यो जोडी न सफल हुन सक्यो, न त उनीहरुको परिवारमा नै बालविवाहले खुशी दिलाउन सक्यो। १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी किशोरीको १६ वर्ष नपुग्दै सम्बन्धबिच्छेद भयो। 

एकातिर जिल्ला बालविवाह मुक्त घोषणा गर्ने अभियान चलिरहँदा अर्काेतिर छोराछोरी विवाह बन्धनमा बाँधिनुले परिवारमा केही समस्या त निम्त्यायो नै त्यो भन्दा बढी उनीहरुको भविष्यको चिन्ताले दुबैको घरपरिवारलाई सताइरह्यो। तर पनि छोराछोरीको खुशी नै ठूलो कुरा ठानेर परिवारले लगन जुराइ जातीय परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरेको उनीहरुका अभिभावकको भनाइ छ। 

दुवैका अभिभावकले छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेर विद्यालय भर्ना गरिदिएका थिए। तर अभिभावकको सपना सपनामै सीमित रह्या । विवाहले उनीहरुको पढाइलाई मात्र असर गरेन केही दिनमै दुवैको व्यक्तिगत तथा पारिवारिक जीवनमा पनि ठूलो समस्या निम्त्याउँदै गएको परिवारले बताएका छन । दुवैका आफन्तका अनुसार विवाहपछिका दिनमा सधैँजसो उनीहरुका बीचमा ठाक्ठुक् पर्न थाल्यो जसका कारण यो जोडीले सँगै जिउने, सँगै मर्ने अनि बाँचुञ्जेल दुःखसुख बराबर बाँड्ने कसम खाएर गरेको वाचा छोटो समयमै टुंगिया । 

२०७४ साउन २४ गते जिल्ला अदालत रोल्पामा किशोरीले सम्बन्धबिच्छेद गरी पाउँ भनी निवेदन हालिन्। उनको निवेदनमा श्रीमान्ले खान लगाउन नदिएको, दिनहुँजसो गालीगलौज गर्ने गरेको, विवाह गरेको केही दिनमै श्रीमान्ले विद्यालय छोडेर आफूलाई विद्यालय छोड्न आग्रह गरेको तथा आफूले पढ्ने इच्छा जाहेर गर्दा कुटपिट गर्ने तथा घर निकाला गर्ने गरेको हुँदा सँगै बस्न नसक्ने कुरा उल्लेख गरिएको छ। 

यसरी सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएकी उनी गत असारदेखि माइतीमा बस्दै आएकी थिइन । १६ वर्ष नपुग्दै २०७४ माघ २१ गते जिल्ला अदालत रोल्पाले गरेको फैसलासँगै उनीहरुको जिन्दगीको यात्राले फरक मोड लिइसकेको छ। 

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार किशोरकिशोरीले यौटा आदर्शमय जीवनको परिकल्पना गरेर आवेशमा जोडेको सम्बन्ध वास्तविकरुपमा साकार हुँदैन। विवाहको महत्व, परिवेश तथा त्यसले भविष्यमा पु¥याउन सक्ने दूरगामी असरको बारेमा जानकारी नभइकन लहलहैमा प्रेममा पर्ने अनि विवाह गर्ने परिपाटीले केही जान्ने बुझ्ने भएपछि श्रीमान्श्रीमती एकलाई अर्काे मन नपर्ने हुन थाल्छ जसका कारण उनीहरु सम्बन्धबिच्छेदमा पुग्ने गरेका छन । 

nimb
nimb
Ncell 2
Ncell 2

वैदेशिक रोगजारीमा जानुपर्ने बाध्यता, अशिक्षा, गरिबी, चेतना अभाव आदिका कारण जिल्लामा ठूलो संख्यामा सम्बन्धबिच्छेदका घटना देखापर्न थालेका छन्। 

त्यसैले शिक्षाको अवसर तथा जनचेतनामा वृद्धि गर्ने, स्थानीयस्तरमै पेशा व्यवसाय तथा रोजगारीको अवसर सिर्जना गर्ने र पारिवारिक मूल्यमान्यताको सम्बन्धमा नैतिक शिक्षामा जोड दिनसके यस किसिमका घटनामा न्यूनीकरण हुनसक्ने उनको भनाइ छ। 

पढ्ने, लेख्ने र केही सिक्ने उमेरका बालबालिका विवाह बन्धनमा बाँधिनु र छोटो समयमै सम्बन्धबिच्छेदको अवस्थामा पुग्ने वातावरण सिर्जना हुनाले उनीहरुको बाल मष्तिष्कमा नकारात्मक असर पर्नसक्ने महिला अधिकारकर्मी शारदा गौतमले  बताए। 
ती किशोरीजस्तै रोल्पा जिल्लामा कलिलो उमेरमा सम्बन्धबिच्छेद गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। जिल्ला अदालत रोल्पाको तथ्यांक हेर्ने हो भने पनि सबैभन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा भेटिने गर्छन्। यसरी दर्ता हुन आएका मुद्दामध्ये सबैजसो मुद्दा श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, कारणवस माइती जाँदा खोज खबर नगर्ने भएकै कारण सम्बन्धबिच्छेद हुने गरेको जिल्ला अदालत, रोल्पाले जनाएको छ। 

यस्तै, जिल्ला अदालत, रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आवमा मात्र जिल्ला अदालत रोल्पामा ६७ वटा सम्बन्धबिच्छेदका मुद्दा परेका छन् जसमध्ये ३३ वटा मुद्दा फैसला भइसकेका छन् भने ३४ वटा मुद्दा फैसला हुन बाँकी छन् । 

यसैगरी गतः आवबाट जिम्मेवारी सरेर आएका ३८ वटा सम्बन्धबिच्छेदका मुद्दामध्ये २७ वटा मुद्दा फैसला भइसकेका छन् भने ११ वटा मुद्दा फैसला हुन बाँकी छन् । विगतका वर्षमा जस्तै यस आवमा पनि जिल्ला अदालत, रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धबिच्छेदका मुद्दा बढी नै छन्। 

जिल्ला अदालत रोल्पाका श्रेस्तेदार मनबहादुर विष्टका अनुसार सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतसम्म आइपुग्ने सबैजसो सेवाग्राही आफन्त वा साथीको साथमा आउने गरेका छन्। यसरी सम्बन्धबिच्छेदका लागि आउने अधिकांश सेवाग्राहीले आफ्ना समस्या व्यक्त गर्न सकिरहेका हुँदैनन्। 

त्यसैले कानूनी सहायता पाउन नसकेका असहाय, अशक्त, नाबालक, आर्थिकरुपमा विपन्न, थुनुवा मानिस मुद्दाको पक्ष भएकाको मुद्दा दर्ता गर्न र प्रतिरक्षासमेतको काम गरिदिन अदालतले वैतनिक कानून व्यवसायीको व्यवस्था गरेको छ भने यस्ता कानून व्यवसायीलाई सेवा दिएबापत कुनै किसिमको रकम दिनुनपर्ने उनको भनाइ छ। रासस 
–––

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्