रसुवा– रसुवाको पर्यटकीय स्थल लाङटाङबाट फर्कने क्रममा ट्रस पुलबाट खसेर आइतबार एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ट्रेकिङका लागि रसुवा आएका गाडड संखुवासभाका ४० वर्षीय पासाङछेन्दी शेर्पा छन्। ट्रेकिङका लागि जापानी नागरिक लिएर लाङटाङबाट स्याफ्रुबेसीतर्फ फर्कने क्रममा गोसाइँकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ खोलामा ट्रस पुलबाट खसेर बेपत्ता भएको प्रहरी निरीक्षक रञ्जन दाहालले बताए।
उनले भने, ‘आइतबार बिहान ११ बजेतिर लाङटाङ खोलामा नवनिर्मित ट्रस्टको पुलबाट खसेर उनी बेपत्ता भएका छन्। खोजी जारी छ।’
जापानी नागरिक माकोटो नाकायालाई सोधपुछका लागि सदरमुकाम धुन्चे ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुल निर्माणअघि पनि सोही क्षेत्रमा मानिसहरु खसेर बेपत्ता हुने गरेपछि जोखिम हटाउन त्यहाँ केही समयअघि मात्र काधुरी नामक संस्थाले पुल निर्माण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।