काठमाडौं- करिब दुई साताको धार्मिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। भारतको उडियामा विभिन्न धार्मिक समारोहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र सोमबार अपराह्न भारत लागेका हुन्।
उडियास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५औं वर्षको अवसरमा आयोजित समारोहमा विशेष अतिथिका रुपमा पूर्वराजा शाह सहभागी हुनेछन्।
भारतमा रहँदा उनले विभिन्न धार्मिक कार्यक्रमका सहभागिता जनाउने उनका सहयोगीले बताएका छन्।
ज्ञानेन्द्र एयर इन्डियाको विमानबाट कोलकाता हुँदै भुवनेश्वर प्रस्थान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।