• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सम्पन्न परिवारकी डाक्टर नै महिलाहिंसाको सिकार, सम्बन्ध विच्छेद गर्न दाइजोको कार बाधक

  न्यायका लागि जिल्ला हुँदै सर्वोच्च अदालतसम्म
64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  १९:१८
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं- महिला हिंसाका घटना गाउँ र दुरदराजबाट सार्वजनिक हुन नसकेको भन्दै सरकार र नीजि क्षेत्रले जनचेतनाका कार्यक्रम चलाइरहेका छन्। तर राजधानी काठमाडौंमा रहेकी एक महिला डाक्टर नै वर्षौंदेखि महिला हिंसाको सिकार भएर अदालत धाइरहेकी छन्। 

नेपाली सेनामा डाक्टरको रूपमा कार्यरत डा कार्की सम्पन्न परिवारकी सदस्य हुन्। सम्पन्न परिवारबाटै हिंसा भएपछि उनी अहिले अदालत धाइरहेकी छन्। जिल्ला अदालतबाट सुरु भएको उनको अदालत यात्रा सर्वोच्चसम्म अझै जारी छ। डा कार्की पतिसँग बस्न नसक्ने अवस्था भएपछि सम्बन्ध विच्छेदको माग गर्दै अदालत धाइरहेकी हुन्। वीरेन्द्र सैनिक अस्पताल (छाउनी)मा कार्यरत उनको दैनिकी अहिले सर्वोच्च र जिल्ला अदालत धाउँदैमा बित्ने गरेको छ। 

उनको काठमाडौंको सम्पन्न परिवारका भाष्करसिंह कार्कीका साथ विवाह भएको थियो।

काठमाडौंमै जन्मिएर यतै हुर्किएकी उनी विवाहपछिका केही वर्षमै उक्त परिवारबाट घरेलु हिंसा भोग्न थालेको बताउँछिन्।

विवाहपछिको केही समय सहजै व्यतीत गरेकी उनले एक सन्तान पनि जन्माइन्। तर घरेलु हिंसाका घटना निरन्तर जारी रहेपछि उनी अलग्गै बस्न पाउँ भन्ने माग गर्दै अदालत धाउन थालेकी हुन्। 

यस्तो थियो घटना 
काठमाडौंको रायमाझी परिवारमा जन्मेकी उनलाई विवाहअघि सम्म परिवारले कुनै अभाव हुन दिएको थिएन।

सम्पन्न परिवारमा हुर्केकी उनको पढाइ पनि अब्बल थियो। चिकित्सा शिक्षा अध्ययन समाप्त गरी अभ्यासका क्रममा वीरेन्द्र सैनिक अस्पतालमा काम गर्न थालेकी थिइन्। सम्पन्न परिवारबाट विवाहका लागि उनलाई माग्न आइरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको सम्पन्न परिवारको भएकाले विवाहका लागि रायमाझी परिवारले विवाह गर्न उनलाई दबाव दियो।

इच्छा नहुँदा-नहुँदै विवाह 
२०६५ साल असोजतिर उनलाई विराटनगर स्थायी घर भएका कार्की परिवारबाट विवाहको प्रस्ताव आयो।

सडक विभागका पूर्व प्रमुख एवम् सिनियर इन्जिनियर रहेका डम्बरसिंह कार्कीको परिबारवाट विवाहको प्रस्ताव आएको थियो।

कार्कीका कान्छा छोरा भाष्करसिंह कार्कीका लागि उनलाई परिवारले स्वीकार गर्न दबाब दियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाष्करले अमेरिका पढेका र सडक विभागको प्रमुखको परिवार भएको भन्दै रायमाझी परिवारले उनलाई दबाब दिएको थियो। परिवारले पटक-पटक दबाब दिएपछि उनी अस्वीकार गर्न नसक्ने अवस्थामा पुगिन्। २०६५ साल मंसिर १७ गते उनीहरुको विवाह भव्य रुपमा सम्पन्न भएको थियो। 

विवाहमा रायमाझी परिवारले दाइजोमा कार समेत उपहार दिएका थिए। विवाहपछि डा कार्कीले पति र परिवारबाट हिंसाका घटना भोग्न थालिन्। ‘सार्वजनिक गरौं भने दुवै परिवारको इज्जतको कुरा आयो,’ उनले सम्झना गरिन्, ‘तर म विवाहको ‍केही समयपछि नै विरक्तिन थालेकी थिएँ।’  

माइतमा आमा र बुबालाई यो कुरा भन्दासमेत सुनुवाई नभएपछि उनी चुपचाप सहन बाध्य भइन्। २०६७ सालमा उनीहरूको सम्बन्धबाट छोरीको जन्म भयो। सुरुमा बच्चा जन्माउनकै लागि परिवारले हिंसा गरेको सम्झेर बच्चा जन्मिएपछि आफू ढुक्क हुने उनले सोचेकी थिइन्  तर छोरीको जन्मपछि पनि हिंसाका घटना रोकिएनन्। बरु अझ बढ्न पो थाल्यो। 

‘उसँग सम्बन्धमा रहँदा मलाई कुट्ने, जागिर खोसिदिने धम्की धेरै पटक दियो,’ उनले अदालतमा दायर गरेको मुद्दा उल्लेख गरिकी छन्, ‘ममाथि शारीरिक र मानसिक पीडा दिने कार्य धेरै भयो।’ २०७३ सालमा सालमा उनी सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगिन्। २०७३ सालमा जिल्ला अदालत काठमाडौंमा अंशमुद्दा र सम्बन्ध विच्छेद माग गर्दै मुद्दा दायर गरिन्। उक्त मुद्दामा २०७४ फागुन  ३ गते तीन भागको एक भाग छुट्याई त्यसबाट एक भाग पाउने फैसला गर्‍यो।  जिल्ला अदालतमा मुद्दा दायर गर्दा आफ्नै कानुन व्यवसायीले समेत फसाएको उनले बताइन्। 

'वकिलले छोरी नै गायव पारिदिए'
जिल्ला अदालतमा मुद्दा दायर हुँदा उनले आफ्ना कानुन व्यवसायीलाई छोरी र आफ्नो हकमा अंश दाबी हुने गरी मुद्दा लड्ने जिम्मेवारी दिएकी थिइन्। तर जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा वकिलले छोरीको नाम नै गायव पारिदिएका छन्। 

‘जिल्ला अदालतले ख्यालै नगरेर र मैले पनि कुनै होस नै नगर्दा तीन भाग मध्येको एक भाग भनी मेरो अंश पाउने फैसला भयो। तर, छोरीको रेखदेखको कुरा अदालतले उल्लेख गरेन,’ उनले भनिन्, ‘त्यसविरुद्ध फेरि म अदालत धाउन बाध्य भएँ।’ उनले पुनः २०७४ मंसिर १४ गते जिल्ला अदालतमा अर्को मुद्दा दायर गरिन्। 

डा कार्कीविरुद्ध उनकै परिवारका अन्य सदस्य भने उच्च अदालत पुगे। उच्च अदालत पाटनले २०७४ कात्तिक २४ गते सुरुको फैसला केही उल्ट्याइदियो। उच्चले तीन भागको एक भाग अंश पाउनुका साथै ऋण समेत भागबन्डा हुने फैसला सुनायो।  उच्चले पनि छोरीका विषयमा केही पनि नबोलेपछि डा कार्कीले भाष्करसिंह कार्कीलाई विपक्षी बनाउँदै छोरीको नाममा संरक्षकको दायित्व अन्तर्गत फिरादपत्र लिएर पुनः जिल्ला अदालत पुगिन्। उक्त फिरादमा २०७५ फागुन १४ गते न्यायाधीश पुष्पराज थपलियाले फैसला गर्दै बाबुले पाउने अंशबाट डा कार्कीको नाममा गरेपछि बाँकी रहनेबाट आधा पाउने र ऋण पनि भागमा आउने  फैसला गरेको थियो। 

जिल्ला अदालतको यो फैसलापछि कार्की परिवार पुनः निराश बन्यो। 

छोरीलाई अंश दिनुपर्ने मुद्दा दायर भएपछि अंश दिन आनाकानी गर्न भाष्करसिंह कार्की पनि पुनः जिल्ला अदालत पुगे। उनले छोरीलाई भेट्न र साथमा नै राख्न पाउनुपर्ने माग गर्दै अर्को मुद्दा दायर गरे। २०७४ पुसमा आफूलाई जिल्ला अदालतले सम्बन्ध विच्छेद हुँदा प्रत्येक शुक्रबार तेस्रो पक्षको रोहवरमा हप्ताको तीन घन्टा छोरी भेट्न पाउने  फैसला भएको तर डा कार्कीले त्यसको कार्यान्वयन नगरेको जिकिर गर्दै मुद्दा दायर गरे। जिल्लाले भेट्ने व्यवस्था मिलाउन जिल्ला अदालतले यसअघि गरेको फैसला सदर गर्ने फैसला सुनायो। यो मुद्दा जिल्ला हुँदै पाटन उच्च अदालतसम्म पुग्यो। 

पाटन उच्च अदालतले २०७५ बैशाख १३ गते उक्त निवेदनमा एक आदेश गर्‍यो। डा कार्की दम्पतीकी छोरी अध्ययन गर्ने विद्यालयमा कम्तीमा प्रत्येक शुक्रबार विद्यालयले तोकेको शिक्षकको रोहोवरमा डा कार्कीले भेट्ने व्यवस्था मिलाउन आदेश गर्‍यो। त्यसविरुद्ध भाष्करसिंह कार्की सर्वोच्च अदालत पुगे। सर्वोच्चले २०७५ असार २५ गते फैसला सुनाउँदै उच्च अदालतले गरेको आदेश सदर गर्ने निर्णय गरेको छ। 

सम्बन्ध विच्छेद गरी अंश लिन बाधक दाइजोको कार
जिल्ला हुँदै उच्च अदालतबाट मुद्दा जितेपछि डा कार्कीमाथि अर्को मुद्दा थपियो, दाइजोका कार। अंशबण्डा नभएकोले भाग सो कार पनि भाग लगाउनुपर्ने। 

जिल्ला र उच्च अदालतसम्म मौन रहेको उक्त विषय लिएर भाष्करसिंह कार्की सर्वोच्च पुगेका थिए। २०७५ जेठ ६ गते भाष्करले डा कार्की चढ्दै आएको ‘किया रियो सेडान’ कार सगोलकै सम्पत्ति भएकोले अंशबण्डा हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरे। यसले जिल्ला र उच्च अदालतको फैसला कार्यान्वयन रोकिएको छ। 

सर्वोच्च अदालतमा अंश मुद्दा नै बाँकी रहेको भन्दै कार्की परिवारले आफू र आफ्नो छोरीलाई अंक दिन अस्वीकार गर्दै आएको मुद्दाको पेसी लिन सर्वोच्च आएकी उनले बताइन्।

गत मंगलबार उनी सर्वोच्चमा मुद्दा हटाउने पक्षका कानुन व्यवसायीबाट दिक्क भएर निवेदन दिन सर्वोच्च पुगकी थिइन्। ‘बाबुले दाइजोमा दिएको कार अंश नै लाग्ने भए म तयार छु,’ सर्वोच्चमा मुद्दा पालो नआएपछि निराश देखिएकी उनले भनिन्, ‘तर सँधै एकपछि अर्को अदालत धाइरहँदा म थप यातना भोगिरहेको छु।’  

सँधै बिरामीसँग हातेमालो र घुलमिल गरिरहेकी उनी महिला हिंसाभन्दा अदालती न्यायका लागि भोग्नु परेको संर्घषदेखि आत्तिएकी छन्।

यी चार वर्षमा उनी जिल्ला, उच्च हुँदै सर्वोच्चमा दर्जनौं पटक पुगेकी छन्। न्यायाधीश, वकिल र फाँटवालासँग पटकपटक वादविवाद हुन्छ। अदालतमा वषौं लाग्ने र त्यहाँ हुने चलखेलले उनलाई झनै यातना दिइरहेको छ।

‘मैले स्वतन्त्रतापूर्वक बाँच्ने चाहना गर्दासमेत पाइरहेकी छैन,’ उनले भनिन्, ‘अदालतबाट मुद्दा टुङ्गिएमा म छोरीलाई नयाँ जिन्दगी दिएर बस्थेँ।’

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्