किन्सासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार अन्तरजातीय भगडाले झडपको रुप लिँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।
पूर्वी इत्रु प्रान्तको हेमा तथा लेन्डु समुदायका सदस्यबीच झडप भएको हो। झडपमा हेमा गाउँका केही गाउँलेलाई हमला गरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालयले आइतबार जनाएको छ। आक्रमणका क्रममा केही घरटहरामा आगोसमेत लगाइएको छ।
केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ।
उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका दुई समुदायबीचको लडाइँमा कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।