धनुषा– मदिरा बिक्रि गर्न सहजीकरण गरिदिने भन्दै घुस असुल्ने एक प्रहरी पक्राउ परेका छन्।
धनुषाको जनकपुरस्थित अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँमा कार्यरत प्रहरी जवान मनोज प्रसैलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीले जनाएको छ। प्रसैला घुुमुवा प्रहरीका रुपमा कार्यरत थिए। १० हजार घुससहित उनी पक्राउ परेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए।
उनले स्थानीय व्यवसायीलाई दुःख दिएपछि उजुरी गरेका थिए। उनी लामो समयदेखि धनुषामा कार्यरत प्रहरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।