• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एटिएम ह्याकका विषयमा राष्ट्र बैंकको यस्तो छ निष्कर्ष

जोखिम न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन रणनीति अपनाउन सुझाव
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०७६  १३:४०
1140x725

काठमाडौं- भदौ १४ गते नेपाल तथा भारतका विभिन्न बैंकका एटिएमबाट भएका शंकास्पद कारोबारहरुको प्रारम्भिक अध्ययन गरी नेपाल राष्ट्र बैंकले प्रतिवेदन तयार पारेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित समितिले अध्ययन प्रतिवेदन तयार गरी राष्ट्र बैंकलाई बुझाएको हो। 

प्रारम्भिक अनुसन्धानबाट भिजा इन्टरनेसनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको क्लोन डेबिड र क्रेडिट कार्ड प्रयोग गरी भदौ १४ गते शनिबार बिहान ११ बजे देखि साँझ ४ः३५ बजेसम्म चिनियाँ ह्याकरहरुले पैसा झिकेको देखिन्छ। 

यस अवधिमा नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटाबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ झिकेका थिए। 

त्यसैगरी नेपालका ६ वटा वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ चिनियाँ ह्याकरहरुले झिकेको देखिन्छ। 

यसरी नेपाल र भारतबाट कुल ३ करोड ५८ लाख ८४ हजार २ सय रुपैयाँ बराबरको रकम झिकिएको पाइएको छ। यद्यपि उक्त समय भएको कारोबारहरुमध्ये केही कारोबार वास्तविक रहेको पाइएको र थप अन्य कारोबारहरुको भेरिफिकेसन गर्ने कार्य भइरहेकाले क्षति भएको रकम सोभन्दा केही कम हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भिजा नेटवर्क वा नेप्स स्विच वा यी दुवै प्रणालीबीच कहीँकतै कसैले अनधिकृत रुपमा नियन्त्रणमा लिई उल्लेखित ‘फ्रडल्यान्ट कारोबार हुन गएको अनुमान राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले देखाएको छ। यस सम्बन्धमा विस्तृत विवरण भने फरेन्सिक विज्ञहरुको प्रतिवेदन आएपछि मात्रै थाहा हुने अध्ययन समितिका संयोजक मिश्रको भनाइ छ। 

साइबर डकैतीबाट बच्न तथा बैकिङ सुरक्षा प्रणाली मजबुत बनाउन राष्ट्र बैंकले तत्काल गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने गरी दुई किसिमका सुझाव दिएको छ। 

Xtrem
Xtrem

राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले एटिएम ह्याकबाट विदेशी नागरिकले साइबर डकैती गरेको घटना तथा नेपालमा कार्डको प्रयोग गरी हुने भुक्तानी प्रणालीमा देखिएको कमी कमजोरीहरुलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन रणनीति अगाडि बढाउन सुझाएको छ। 

 

  • अल्पकालीन
    – हाल भएका घटनाहरुको फरेन्सिक एक्सपर्टद्वारा सूक्ष्म अध्ययन तथा विश्लेषण गरी प्राप्त सुझावहरु कार्यान्वयन गर्नुपर्ने।
    – इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, पिएसपी र पिएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिनुपर्ने।
    – कार्ड प्रणाली लगायत भिसा, मास्टरकार्डको हिसाब मिलान कारोबार भएको अर्को दिन (टि प्लस वान) भित्र गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरु अब उप्रान्त अनिवार्य रुपमा एक्युरर र इस्युअर दुवैतर्फ चिप र पिनको माध्यमबाट मात्र कारोबार हुने व्यवस्था मिलाउने। नेपालबाहिर यस्तो कार्ड प्रयोग हुँदा नेपालका इस्युअरले फलब्याक ट्रान्जिसन स्वीकार नगर्ने व्यवस्था मिलाउनुपर्ने।
    – नेपाली बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका डलर कार्डको हकमा विदेशी टर्मिनलमा एक्वाइर हुँदा म्याग्नेटिक स्ट्रीप (चिप बिनाका कार्ड) को फल्स ब्याक ट्रान्जिसन नहुने व्यवस्था मिलाउनुपर्ने। (यो घटना पनि म्याग्नेटिक स्ट्रीपको कारणले भएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ।)
    – बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी भएका म्याग्नेटिक स्ट्रीप कार्ड (चिप बिनाका कार्ड) कार्डहरु ३ महिनाभित्र चिपमा आधारित कार्डद्वारा विस्थापन गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण टर्मिनल डिभाईसहरु (पिओएस/एटिएम) लाई ३ महिनाभित्र चिप र पिनलाई स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन आवश्यक व्यवस्था मिलाउनुपर्ने।
    – बैंक तथा वित्तीय संस्था र पिएओ तथा पिएसपिले सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) सञ्चालन गरी सूचना प्रविधिको क्षेत्रमा उत्पन्न हुन सक्ने जोखिमहरुलाई नियमित रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने ।
  • दीर्घकालीन
    – कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरीवेक्षण नियमित रुपमा गर्नुपर्ने।
    – कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – कार्डसँग सम्बन्धित प्रणालीको भल्नेराबिलिटी एसिसमेन्ट एन्ड पेनेट्रासन टेस्टिङ (भिएपिटी) अर्धवार्षिक रुपमा गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – कार्डसँग सम्बन्धित प्रणालीको जोखिम मूल्यांकन त्रैमासिक रुपमा गरी सम्बन्धित बैंकको जोखिम व्यवस्थापन समितिमा छलफल गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – एटिएम कक्षमा जडित सिसिटिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने। साथै, यस्तो अनुगमन शनिबार लगायत अन्य बिदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनुपर्ने।
    – इजाजतपत्रप्राप्त वित्तीय सेवा प्रदायक संस्थाहरुले साइबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने।
    – कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) हरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने।
    – बैंक तथा वित्तीय संस्था र पिएसओ तथा पिएसपिले प्रिभेलेज एक्सिस मेनेजमेन्ट (पिएमएम) प्रयोग गरी सूचना प्रविधि प्रणालीको महत्वपूर्ण पूर्वाधार सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्ने।
    – पेमेन्ट कार्ड इन्ड्रस्ट्री एन्ड डाटा सेक्युरिटी स्टान्डर्ड (पिसिआई–डिएसएस) पालना गर्ने र एटिएम स्वीच सञ्चालन गर्ने बैंकले वार्षिक रुपले पिसिआई–डिएसएस अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्