काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्वीकृति लिन घुस लिने वैदेशिक रोजगार विभाग अन्तर्गत गत श्रम कार्यालय, ताहाचलका नायव सुब्बा नगेन्द्रप्रसाद गौतम विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कतारको लागि श्रम स्वीकृति दिन २ लाख ३४ हजार घुस लिँदै गर्दा नासु पाण्डेलाई पक्राउ गरेको थियो।
अख्तियारले बरामद गरेको रकम बराबर विगो र जरिवाना हुनुपर्ने माग विशेष अदालतमा दर्ता भएको आरोपपत्रमा उल्लेख गरेको छ। गौतमलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय समेत गर्न आरोपपत्रमा माग गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।