• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

म्याद एक वर्ष थप्न सरकारसँग मेलमिलाप र बेपत्ता आयोगको माग 

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १७:२७
1140x725

काठमाडौं- द्वन्द्वकालीन मुद्दाहरुको छानबिन गर्न गठन भएका दुई आयोगले म्याद थपका लागि सरकारलाई पत्र पठाएका छन्। 

सरकारले यही महिनाको अन्त्यमा म्याद सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गर्न सकिने अध्यादेश जारी गरेको थियो। अध्यादेशमा दुवै आयोगले म्याद थप गर्नुका आधार र कारणसहित माग गरेमा एक वर्ष थप्ने सर्त ऐनमा राखेको थियो। 

सरकारले राखेको सर्तमाथि थप सर्त राख्दै दुवै आयोगले म्याद थपका लागि लेखेर पठाएका छन्। 

बेपत्ता आयोगका सदस्य एवं प्रवक्ता विष्णु पाठकले आयोगलाई काम गर्न आवश्यक विषयमा तीन शीर्ष नेताहरुलाई  प्रतिबद्ध गराएपछि मात्र म्याद थपका लागि पत्र लेखेको बताए। 

‘हामीले म्याद थपका लागि सरकारलाई बुधबार पत्र लेखेका छौं, तर त्यसमा केही सर्त पनि समावेश गरिएको छ’, प्रवक्ता पाठकले भने, ‘सर्वोच्च अदालतले ३ वर्षअघि दुवै आयोगको ऐन संशोधन गर्न दिएको आदेश कार्यान्वयनदेखि बेपत्ता पार्ने कार्यलाई अपराधीकरण गर्ने कानुनसम्म मागेका छौं।’ 

३ वर्षसम्म उपलब्धिमूलक काम नगरे पनि सरकारले माघ १ गते म्याद थपका लागि ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियो। उक्त अध्यादेश माघ ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्। 

सत्य निरुपण आयोगले भने आइतबार म्याद थपका लागि पत्र लेखेको छ। आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आयोगलाई भावी दिनमा काम गर्न आवश्यक हुने सर्तहरु राख्दै पत्र लेखेको बताए। 

‘आयोगले केही निश्चित कुरा पूरा भए मात्र म्याद थप हुनुपर्ने कुरा पत्रमा लेखेका छौ’, सदस्य सुवेदीले भने ‘ हामीले गरेका माग सम्बोधन भएमा एक वर्षभित्र बाँकी काम गर्न सहज हुनेछ।’ 

Ncell 2
Ncell 2

०७१ फागुन १४ मा सर्वोच्चले ऐनका केही व्यवस्था निस्क्रिय हुने आदेश गरे पनि सरकारले आयोगको म्याद मात्र थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियो। 

ऐन संशोधन नहुँदा दुवै आयोगलाई अन्तर्राष्ट्रिय समुदाय र पीडितहरुले असहयोग गर्दै आएका छन्। आयोगहरुले पनि ऐन संशोधन नहुँदा उजुरीमाथि अनुसन्धान प्रभावित भएको भन्दै पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

तर, सरकारले ऐन संशोधनका लागि सबै राजनीतिक दलबीच सहमति आवश्यक हुने भन्दै तीन वर्षदेखि रोक्दै आएको छ। सरकारले ऐन संशोधन नगर्दा आयोगलाई काम गर्न समस्या भइरहेको छ भने पीडितहरु निराश बन्दै गएका छन्।

सरकारले ०७१ माघ २७ मा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न दुई बेग्लाबेग्लै आयोग गठन गरेको थियो। शान्ति सम्झौतामा हस्ताक्षर भएको ८ वर्षमा आयोग गठन भए पनि सरकारले १४ महिना दुवै आयोगलाई नियमावली नदिई निस्क्रिय बनाएको थियो।

ऐनमा आयोगको समयावधि २ वर्ष तोकिए पनि नियमावलीको अभावमा एक वर्षभन्दा बढी समय त्यत्तिकै बिताएको थियो।

०७३ बैशाखदेखि उजुरी संकलन थालेको आयोगको म्याद ०७३ माघमा सकिएको थियो। त्यसपछि सरकारले तत्कालीन समयमा ऐनमै एक वर्ष म्याद थप हुने व्यवस्था अनुसार एक वर्षको अवधि थपेको थियो।

दोस्रो पटक भने सरकारले ऐन संशोधन नगरी थप एक वर्ष म्याद बढाएको थियो। ऐन नै संशोधन गर्दा पनि सर्वोच्चको आदेश अनुसार नभएको भन्दै पीडित र मानव अधिकारकर्मीहरुले म्याद थपको अध्यादेश पारित नगर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। 

सर्वोच्चको आदेश अनुसार ऐन संशोधन नभए पनि दुवै आयोग उजुरी संकलन गर्दै अनुसन्धानमा सक्रिय छन्। सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्तामा ३ हजार उजुरी दर्ता भएका छन्। ती उजुरीमा तीव्र गतिमा अनुसन्धान भइरहेको दाबी दुवै आयोगले गर्दै आएका छन्।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जेलेन्स्कीका विश्वास पात्र पूर्वऊर्जामन्त्री देश छोडेर भाग्न खोज्दा सीमाबाट पक्राउ
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद मंगलबार, फागुन ५, २०८२
जेलेन्स्कीका विश्वास पात्र पूर्वऊर्जामन्त्री देश छोडेर भाग्न खोज्दा सीमाबाट पक्राउ मंगलबार, फागुन ५, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, फागुन ५, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नगर्न कास्की अदालतको आदेश सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्