लमही - दाङको लमहीस्थित नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन्।
वडा प्रहरी कार्यालय लमहीकाअनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापी शाखा, लमहीमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई आज बिहान कार्यलयमा नै आत्महत्या गरेको अवस्थामा भेटिएको थियाे।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।