चितवन- पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एन्डस् एप्पल स्टार’ रेस्टुरेन्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हिरामायाको मृत्यु भएको हो।
स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन्। खाना खाई सुतिरहेको अवस्थामा मुखबाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताए।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।