कराकस- भेनेजुयला सरकारले राष्ट्रपतीय निर्वाचनका विषयमा हस्तक्षेप गरेको भन्दै संयुक्त राज्य अमेरिकाको आलोचना गरेको छ।
साथै भेनेजुयला सरकारले राष्ट्रपति निकोलास मडुरोलाई पुनः निर्वाचनमा जान पाउने बिषयमाथि समर्थन जनाएको छ।
भेनेजुयलाको संसदका वरिष्ठ विधायक तथा राष्ट्रिय संविधान सभा (एएन्सी)का अध्यक्ष डेल्सी रोड्रिगेजले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बिहीबार भेनेजुयलामा सरकार परिवर्तनका लागि निरन्तर दवाव दिने भनि गरेको टिप्पणीको आलोचना गरेका छन्।
रोड्रिगेजले अमेरिकालाई भेनेजुयलाको सार्वभौम अधिकारको सम्मान गर्न आग्रह गरेका छन्। उनले भने,'मुलुकको आन्तरिक राजनीतिमा अमेरिकाद्वारा निरन्तर हस्तक्षेप गर्दै प्रतिपक्षी तथा दक्षिणपन्थी दललाई लामो समयदेखि सहयोग पुर्याएकोप्रति भेनेजुयलाको असहमति छ।'
शनिबार ट्वीट गर्दै रोड्रिगेजले पेट्रोलमाथि साम्राज्य जमाउँदै आएको शक्तिले भेनेजुयलालाई निर्देशन दिन सम्भव नभएको भन्दै टिलरसनले ल्याटिन अमेरिकालाई संयुक्त राज्य अमेरिकाको पक्षमा देख्न नहुने तर्क गरे।
भेनेजुयलाका विदेश मन्त्री जर्ज अराएजाले पनि टिलरसनको भनाईले दक्षिण अमेरिकी मुलुकमा ‘सैनिक विद्रोह गर्न उत्तेजित’ गर्ने गरेको दावी गरे।
मेक्सिको, कोलम्बिया र पेरु लगायतका ल्याटिन अमेरिकी मुलुकको भ्रमणमा रहेका टिलरसनले भेनेजुयलाको राजनीतिक सङ्कट समाधानका लागि वर्तमान सरकार तगारो बनेको भन्दै मडुरोको दललाई समाधानका लागि तयार बन्न आग्रह गरेका थिए।
भेनेजुयलाको सत्ताधारी दलले शनिबार नै वर्तमान राष्ट्रपति मडुरोलाई आगामी निर्वाचनमा राष्ट्रपतिका रूपमा अघि सारिसकेका उनको दलका उपाध्यक्ष डियोडाडो सावेलोले जानकारी दिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।