वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शनिबार बिहान फोनवार्ता भएको समाचार छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गरेको उल्लेख छ।
सो फोनवार्तामार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण कोरियामा यही फेब्रुअरी ९ देखि शीतकालीन ओलम्पिक खेलकुद हुन लागेको छ । सो खेलमा उत्तर कोरियाले पनि सहभागिता जनाउने निश्चित भएको छ ।
लामो समयपछि दुई कोरियाको मिलन र केही हदसम्मको सम्बन्ध सुधारका लागि यस खेलकुदले सघाउने अपेक्षा सर्वत्र गरिएकाले पनि यस खेलमा सबैको ध्यान पुगेको हो ।
साथै सो फोनवार्तामा अमेरिका र दक्षिण कोरियाबीचको व्यापार प्रवद्र्धनका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
सो विज्ञप्तिमा जनाइएअनुसार उक्त वार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले दुई देशबीचको व्यापार असन्तुलनको सम्बोधन गर्ने पक्षमा काम गर्ने बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।