बाग्लुङ– कालिज मार्न हानेको गोली साथीलाई नै लागेपछि एक व्यक्ति पक्राउ परेका छन्। निसीखोला गाउँपालिका–३ बस्ने २७ वर्षीय योगेन्द्र घर्तीमगर शुक्रबार साथीले हानेको गोली लागेर घाइते भएका हुन्।
उनी सोही ठाउँ बस्ने २४ वर्षीय सुमनबहादुर मगरसँग स्थानीय देउराली जङगलमा कालिज मार्न गएका थिए। जंगलमा काजिल देखेपछि उनले भरुवा बन्दुकबाट गोली हानेका थिए। गोलीको छर्रा योगेन्द्रलाई लागेको हो। सुमनबहादुरलाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।