• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिन्धुपाल्चोकको पुनर्निर्माण : 'तीनलाखे धुरी'को सकस, प्राविधिक जाँचविनै किस्ता

64x64
नेपाल लाइभ सोमबार, भदौ १६, २०७६  १२:४५
1140x725

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा यतिबेला 'चिटिक्क' परेका घर देखिन्छन्। बाहिरबाट हेर्दा ती घर जति सुन्दर देखिन्छन्, भित्रभने उत्तिकै साँघुरा।

कम्तीमा तीन वटा तल्ला भएका घर गुमाएका सिन्धुवासीले सरकारी मापदण्ड अनुसार घर बनाउँदा अहिले बसोबास गर्न साँघुरा भएका छन्। ग्रामीण भेगमा एक परिवारमा औसतमा पाँच जना सदस्य हुने राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले पनि देखाउँछ। ती पाँच जनाका लागि सुत्नको मात्रै पनि कम्तीमा तीन वटा कोठा आवश्यक पर्छ। त्यसमाथि भान्छा र अन्य सामग्री भण्डारणका लागि फरक–फरक कोठा चाहिन्छ। 

तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको मापदण्डका कारण अधिकांश भूकम्पपीडितको घर दुईकोठाको मात्रै बनेपछि बाहिरबाट   चिटिक्क देखिए पनि भित्र ती घर साँघुरा बनेका हुन्।

२०७२ को विनाशकारी भूकम्पले ध्वस्त पारेको सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। यहाँ करिब ९२ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ।

तीनलाखे धुरीको सकस
पुनर्निर्माण भएका मध्ये अधिकांश निजी आवास एक वा दुई कोठाका मात्रै छन्। प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर बनाउने बहानामा अधिकांश पीडितको घर साना बनेका हुन्। 

'ढुंगा माटोको घर बनाउँदा तल्ला छाप्न र धेरै ठूलो बनाउन पाँइदैन भनेका कारण धेरैका घर साना बनेका हुन्,' बाह्रबिसे नगरपालिका ३, सिम्लेका छत्रबहादुर राउतले भने, 'त्यतिबेला किस्ता पाइँदैन भनेर इन्जिनियरले भनेकै आधारमा घर बनायौं, अहिले बस्नै समस्या भयो।' ग्रामीण बस्तीमा खेतबारीबाट आएको अन्नपात भण्डारण गर्न र पाहुना आउँदा बास राख्ने ठाउँको धेरै समस्या पर्ने गरेको उनले बताए।

भूकम्पअघि तीन तल्ला रहेका घरमा बस्ने गरेका उनीहरुको सबैभन्दा माथिल्लो तल्लामा अन्नपात भण्डारण गर्ने गरेका थिए। माथिल्लो तल्लामा अन्नपात राख्दा चिसोले बिग्रने समस्या थिएन। त्यस्तै माझ तल्लामा सुत्ने कोठा र भुइँ तल्लामा भान्छा तथा अन्य प्रयोजनमा प्रयोग गर्ने गरेको सिम्लेबासी अहिले भुइँतल्लाको मात्रै घर बनेपछि समस्यामा परेका हुन्। 

'अहिले त भुइँतल्लाको मात्रै घरमा आफू कहाँ सुत्ने, भान्छा कता बनाउने र अन्न कता थन्काउने भन्ने अन्योलमै छौं,' सिम्लेकै अर्का स्थानीय रामशरण भण्डारीले भने, 'भुँइतल्लामा अन्न भण्डारण गर्दा चिसोको कारण अन्न चाँडै कुहिने गरेको छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकांश स्थानीय तहहरुमा र वडाहरुमा एककोठे घर बनेका छन्, जसलाई स्थानीयले 'तीनलाखे धुरी' पनि भन्ने गरेका छन्। मेलम्ची नगरपालिका–९ मा मात्रै भूकम्पीडित आवास अनुदान लिएर बनेका झन्डै २ सय घर एककोठे छन्। 'प्राविधिक गाउँमा बसेनन्, १२/१२ फिट लम्बाइ चौडाइ भएको बनाए हुन्छ भन्ने सल्लाह दिए,' वडा नं ९ का वडाध्यक्ष कमलबहादुर खड्काले भने, 'खासमा एउटा कोठाको आकार भनेको रहेछ। तर राम्रोसँग सल्लाह नदिइँदा केही घर त्यही आकारमा बनेका छन्।' एककोठे घरले आवास अनुदान बापतको थप रकम नआउने भएपछि केहीले सोही कोठामा जबर्जस्ती जोडेर अर्को कोठा बनाउन लागेको उनको भनाइ छ। 

अर्को 'धराप' बन्ने सम्भावना
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ८ गिरानचौरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्तीमा पशुपन्छी पाल्न निषेध गरिएको छ। नमुना बस्ती भएकोले त्यहाँ पर्यटकको चाप हुने र पशुपन्छि पाल्दा बस्ती फोहोर हुने र घर वरिपरिको बगैंचा पनि सुरक्षित नहुने हुनाले बस्तीमा पशपन्छि निषेध गरिएको हो। 

पूरा तामाङ समुदाय रहेको एकीकृत बस्ती आवास बालमैत्री, वातावरणमैत्री, भूकम्पप्रतिरोधक, पहिरो निरोधक, अपांगमैत्री छन्। हरेक घरमा ४ वटा कोठा छन् भने सिलिङमा सामान भण्डारण गर्ने गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबै घरभित्र ट्वाइलेट, बाथरुम र घरअगाडि बगैंचा फैलाउँदै लगिएको एकीकृत बस्तीका व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबा सुनाउँछन्। 'बस्तीभित्र बाख्रा, कुखुरा, पशुपालन गर्न निषेध छ। त्यसैले अधिकाशंले वरिपरिको जग्गामा गोठ बनाएका छन्, जग्गा नहुनेलाई केही समस्या भएको छ,' समितिका सचिव वाइबाले भने। 

सरकारी मापदण्ड पूरा गर्न र किस्ता लिनकै लागि बनेका घरमा बास बस्न नपुग्ने, अन्न भण्डारण गर्न नमिल्ने र पशुपंछी पाल्नका लागि समस्या आएपछि जिल्लाका अन्य बस्तीका केही स्थानीयसमेत अर्कै घर बनाउन थालिसकेका छन्। किस्ता पाउन मात्रै मापदण्ड मान्न बाध्य उनीहरु आफ्नै सुरमा अर्को 'धराप' घर बनाउने तयारीमा लागेका हुन्। सो घर उनीहरुको आफ्नै आवश्यकता र आफ्नै डिजाइनमा बन्ने हुनाले त्यसलाई धरापकै रुपमा लिनुपर्ने एक वडाध्यक्षले बताए।

प्राविधिक जाँचविनै निर्माण
सिन्धुपाल्चोक जिल्लामा बनेका केही निजी घर बस्न योग्य नै छैनन्। केही भूकम्प प्रभावितहरुले जसरी पनि तीनकिस्ते अनुदान रकम लिनैका लागि मात्र घर बनाएको पाइएको छ। बनिसकेका घरहरुको पनि प्राविधिक जाँच नगरी घर पास गरी किस्ता मात्र लिने काम गरेको पाइन्छ। 

जिमालीले पनि गाउँगाउँमा बनेका 'साना घर'बारे सेवाग्राहीसँग निर्माण सम्झौता भइसकेपछि र तीनकिस्ते अनुदान दिइसकेपछि मात्रै जानकारी पाएको छ। लाभग्राहीले प्राविधिकको सल्लाहविना नै घर बनाउने र बनीसकेको घर मात्र प्राविधिकको निरीक्षणमा रहने गरेको मेलम्ची नगरपालिकाका प्राविधिक जितबहादुर कार्की बताउँछन्।

मेलम्ची नगरपालिका वडा नं ३ का अध्यक्ष वसन्त गुरुङ भने प्राधिकरणले खटाएका प्राविधिक भित्री बस्ती नछिर्दा समस्या उब्जिएको बताउँछन्। 'मेरो वडामा पनि केही घर एककोठे बनेका छन्,' गुरुङले भने। 

प्राधिकरणले अशक्त, अपांगता भएका व्यक्ति, एकल महिला, पुरुष र ज्येष्ठ नागरिक मात्रै बस्ने परिवारलाई 'एककोठे घर' बनाउन स्विकृति दिने निर्णय गरेको थियो। त्यसैका आडमा हैसियत हुने लाभग्राहीले पनि 'एककोठे घर' बनाएका हुन्। प्राविधिक गाउँमा नबस्ने र राम्रोसँग कुरा नबुझाउँदा पीडितले एककोठे घर बनाएको पाँचपोखरी थाङ्पाल गाउँपालिका –१ का अध्यक्ष सूर्यमान दोङले बताए। 'एककोठे घर त हाम्रो वडामा बनेका छैनन् नै तर बनेका दुईकोठे घर पनि निकै साना छन्,' दोङले भने। 

गाउँमा खटिएका प्राविधिकको हाजिर प्रमाणित गर्ने स्थानीय वडाध्यक्षले नै इन्जिनियर गाउँमा नबस्ने बताएका छन्। 'गाउँमा खटिएका इन्जिनियर काठमाडौं बस्नुहुन्छ, महिनामा दुई चार पटक मात्रै आउनुहुन्छ,' मेलम्ची नगरपालिका–३ का अध्यक्ष गुरुङ भन्छन्, 'वडाले हाजिर प्रमाणित नगरिदिए पनि नगरपालिकाबाट गराउँछौं भन्नुहुन्छ, र त्यसरी नै तलब बुझिरहनुभएको छ।'

जिल्लामा प्राधिकरण मातहत रहने गरी १ सय २४ जना प्राविधिक खटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख लक्ष्मणकुमार शेखले जानकारी दिए। 

इन्जिनियरहरू भने काम गरेको दाबी गर्दै बस्न र खानै समस्या भएको दाबी गर्छन्। 'बस्ने खाने ठाउँ छैन, कागजपत्र राख्ने कार्यालय पनि छैन, हामी कहाँ बसेर काम गर्ने?' मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले भने, 'इन्जिनियरका कारण मात्रै समस्या भएको होइन, प्रक्रियाका कारण किस्ता पाउन नै तीन महिना लाग्छ।' 

मेलम्ची नगरपालिकामा खटिएका इन्जिनियर कार्कीले अध्ययन र कार्यक्षेत्रको ज्ञानमा कमी हुँदा केही समस्या भएको हुन सक्ने स्विकार्छन्। 

तथ्यांकमा पुनर्निर्माण
सिन्धुपाल्चोक जिल्लाको तत्काल कायम रहेका घरहरुमध्ये ९५ प्रतिशत निजी आवास पूर्ण ध्वस्त र बाँकी प्रबलीकरण गर्नुपर्ने तत्कालीन सर्वेक्षणले देखाएको थियो। २०७२ बैसाख १२ र त्यसपछि गएका परकम्पका कारण जिलामा ३ हजार ५ सय ७० को ज्यान गएको थियो। व्यक्तिगत घर मात्र नभई सरकारी भवन र विद्यालय लगायतका संरचनामा क्षति पुगेको थियो। प्राधिकरणसँग अनुदान सम्झौता गरेका ८८ हजार घरपरिवारमध्ये झन्डै ९२ प्रतिशत लाभग्राहीले घर निर्माणको काम सुरु गरिसकेको प्राधिकरणको दाबी छ।

पुनर्निमाणको जिम्मा लिएको सरकारी निकाय जिमाली (जिल्ला आयोजना कार्यान्वायन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को तथ्यांक हेर्ने हो कुल ८८ हजार ८७७ लाभग्राहीमध्ये ८६ हजार ३३६ परिवारले आवास निर्माणको पहिलो चरण अन्तर्गत जमिन तयार गर्नको लागि पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिइसकेका छन्। त्यस्तै जमिनको तहसम्म (डिपिसी) गरेर दोस्रो किस्ता बापतको एक लाख ५० हजार लिनेको संख्या ८१ हजार ९ सय छ भने ७२ हजार ४५६ ले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको एक लाखसहित कुल ३ लाख रुपैयाँ अनुदान नै लिइसकेका छन्। घर पूर्ण रुपमा ध्वस्त नभई मर्मत गरेर बस्न हुने परिवारको लागि सरहकारले दिने एक लाख रकम भने कुल ६ सय ४ परिवार प्रबलीकरणको लागि सूचीकृत भएकोमा जम्मा एक सय ७६ ले मात्र पहिलो किस्ता बापतको ५० हजार लिएका छन्। 

हालसम्म जिल्लामा भएको पुनर्निर्माण-


 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्