काठमाडौं- १८ करोड ठगी गरेको आरोपमा पक्राउ परेका दाङका एक बैंकका म्यानेजरले दिएको बयानका आधारमा थप १० जना पक्राउ परेका छन्।
दाङ प्रहरीले आइतबार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
यसअघि नै वेस्टर्न डेभलपमेन्ट बैंक (हाल देवः विकास बैंक) का दाङ शाखाका बैंक म्यानेजर सुरज बुढाथोकीलाई गत मंगलबार राति पक्राउ गरेको थियो।
बैंकको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका उनकै बयानका आधारमा थप १० जना पक्राउ परेका हुन्।
यी हुन् पक्राउ परेका व्यक्ति

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १७ करोड ९९ लाख बुढाथोकीसहितको समूहले ठगी गरेको देखिएको छ।
नक्कली ऋणी खडा गरेर बैंकको रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको भए पनि यसमा अरुको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।