काठमाडौं– सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार बुधबार पूरा हुने भएको छ।
उनी भदौ ५ गते उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए। ६ गतेदेखि नै सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको उपचार सुरु गरिएको थियो।
बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन्।
आइतबार ट्विट गर्दै अर्यालले लेखेका छन्, 'सम्माननीय प्रमको प्लाजाफेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।'
.png)
गत साउन १८ गते पनि प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका थिए। ९ दिनपछि अर्थात् साउन २७ गते उनीनेपाल फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।