नेपालगन्ज- सुर्खेतको सिम्ता गाउँपालिका ६ भेरी नदीको किनार नजिकैबाट प्रहरीले करिब ४० किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।
चरेस कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा ६ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले जाजरकोटको बारेकोट गाउँपालिका १ का ५९ वर्षीय अम्मरबहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बस्ने ३५ वर्षीय जीवन बस्नेतलाई पक्राउ गरेको हो।
प्रकाउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा राखेर थप कानुनी कारबाही सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।