काठमाडौं– टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ ।
भर्खरै सम्पन्न दुई सुपरओभरमा गएको खेलमा अफ्रिकाले रोमाञ्चक जित निकालेको हो । जारी विश्वकपमा सुपर ओभरमा गएको यो पहिलो खेल हो ।
त्यसअघि दक्षिण अफ्रिकाले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १८६ रनमा अलआउट भएको थियो ।
पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पनि एक विकेट गुमाउँदै १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गयो ।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो । २४ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान २ विकेट गुमाएर १९ रनमै समेटियो । अफगानिस्तानले आजको हारसँगै लगातार दुई खेल हारेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।