विराटनगर - प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले शुक्रबार पदबहाली गरेका छन्।
आफ्नो पदबहाली गरेपछि उनले प्रदेशसभा भवन तथा मुख्यमन्त्री, प्रमुख सचिव र विभिन्न मन्त्रालय रहने कार्यालयको अनुगमन र निरीक्षण समेत गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रुपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिए । विराटनगर अस्थायी मुकाम कायम भएपछि प्रमुख सचिव र चार प्रदेश मन्त्रालयका सचिव विराटनगर आइपुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।