काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
भट्टराईले प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई उनकै निवास बुढानिलकण्ठमा शनिबार बिहान भेटेका हुन्।
भेटघाटमा भएका छलफलका विषयमा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु।’
साथै, मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको भट्टराईले जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।