• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी

64x64
नेपाल लाइभ शुक्रबार, माघ १९, २०७४  २२:०८
1140x725

सप्तरी - स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन्। 

शम्भुनाथ नपा –८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र रु ९५ हजार नगद मागे। घुरन रामले रु पाँच हजारमा बन्ने राहदानी छिटो बनाउन रु १० हजार तिरे र राहदानीसहित रु ३५ हजार अनबारुललाई बुझाए।
 
त्यसबेला विदेश जान अरुबाट लिएको रु एक लाख ऋणको मासिक ब्याजमात्रै रु पाँच हजार तिर्न परिरहेको उनको गुनासो छ । सो ऋण रकम काठमाडौँ जाँदा आउँदा, अनबारुललाई दिँदा र राहदानी बनाउँदा सकिएको उनको भनाइ छ।
 
उनले भने – “एकदिन त भोलिको फ्लाइट छ भन्दै खबर गरे । रातारात घर परिवारसँग विदावारी भएर काठमाडौँ गएँ तर, फर्किएर आउनुप¥यो ।”
 
उनकी श्रीमती सीतादेवी रामले घरबाट कतार जाने भनी निस्किएका श्रीमानलाई तीन÷चार पटक विदावारी गरेको तर, काठमाडौँ पुगेर श्रीमान् फर्किने गरेको सुनाइन्। 
घुरन राम त्यसबेला लागेको ऋण तिर्न यसै साता भारतको दिल्लीमा जान लागेका छन् । त्यहाँ महिनाको रु १५ हजार पाउने गरी कामका जान लागेको उनले सुनाए । अनबारुललाई पटक÷पटक आफ्नो रु ३५ हजार फिर्ता गर्न आग्रह गरेपनि फिर्ता नगरेको उनले गुनासो गरे।
 
शम्भुनाथ नपा–५ का रामनारायण सरदार अनबारुललाई रु ९५ हजार तिरेर कतार गएको डेढ महिनापछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किए।

विदेश पुगेर स्वास्थ्य परीक्षण अनुत्तीर्ण भएमा स्वदेशमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा लागेको रकम तिर्नुपर्ने व्यवस्था छ । अनबारुलले स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट आफूले रकम उठाइदिन्छु भन्दै उनलाई गाउँ बोलाए तर, एक वर्ष बित्दासमेत उनले सो रकम दिलाउन लगाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पैसा लिएर उल्टै पैसा दिएको कागज 
अझ अनौठो त के छ भने अनबारुलले ठगी गरेका व्यक्तिहरुलाई उल्टै रकम दिएको कागज गराउने गरेका छन्। 
साउदी अरबमा मासिक एक हजार २०० साउदी रियाल पाउने गरी राम्रो कामका लागि अवसर आएको र त्यहाँ पठाइदिने भन्दै अनबारुलले शम्भुनाथ नपा–९ बसवलपुरका मुसहर समुदायका कन्की सदासँग दुई वर्षअघि रु ६५ हजार लिए।
 
अनबारुलले आफूले रकम लिएको कागज गर्नुको साटो उल्टै आफूले सदालाई रु ६० हजार दिएको कागज गराए। 
पीडित सदाले भने – “रु ६५ हजार दिएको केही समयपछि अनबारुलले साउदीको भिसा आइसकेकाले जान रु एक लाख २० हजार लाग्ने भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए।”
 
सदालाई साउदी जाने भन्दै तीन चोटि काठमाडौँ बोलाए तर, आज भोलि भन्दाभन्दै दुई वर्ष बित्यो । न त उनको पैसा फिर्ता आयो न त उनी विदश नै जान पाए।
 
कन्की सदासँग मात्रै होइन उनका दाजु सुकदेवा सदासँग पनि उनै अनबारुलले साउदी अरबमा रोजगारीका लागि पठाइदिने भन्दै रु एक लाख ४० लिएका छन्।
 
अनबारुलले साउदी पठाएका सोही गाउँका रामचन्द्र सदाले पनि भने अनुरुपको तलव पाएका छैनन् । रामचन्द्रका बुबा जिलेवी सदाले मासिक रु एक हजार २०० साउदी रियल पाउने भनेर पठाएकामा छोराले मासिक रु छ सय साउदी रियलमात्रै पाइरहेको जानकारी दिए।
 
रामचन्द्रबाट पनि अनबारुलले रकम लिएर उल्टै रकम दिएको कागज गराएका छन् । जिलेवीले भने – “जानुअघि रु ६० हजार अनबारुललाई दिएपछि थप रु ६० हजार पुगेन भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । त्यसमध्ये ४५ हजार तिरिसकें । अब १५ हजार तिर्न बाँकी छ ।” 

छोराका कमाइ राम्रो नभएकाले फर्किने दिनसम्म पनि जाँदा लिएको ऋण तिर्न नसकिने हो कि भन्ने चिन्तामा छन् जिलेवी। 
शम्भुनाथकै अशोक कुमार रायलाई अनबारुलले एक हजार १०० कतारी रियल तलव पाउने भन्दै कतार पठाए । उनले ७०० रियल मात्रै पाउँदै आएका छन्। 

जाँदा रु ८० हजार तिरेर गएका रायलाई थप रु ४० हजार तिर्न बाँकी रहेको कागज अनबारुलले गराएका थिए । भने अनुसारको काम र तलव नपाएपछि रायले बाँकी रहेको रकम तिर्न अस्वीकार गरेपछि उनकी श्रीमतीविरुद्ध प्रहरी चौकीमा उजुरी गरे।
 
यसरी विदेश लैजाने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका अनबारुल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडा सदस्यमा निर्वाचित भए।
 
सुरक्षित आप्रवास परियोजनाका परामर्शदाता निता चौधरीले अनबारुलले विदेश लैजाने भनी रकम लिएर नपठाएका, विदेश गइसकेपछि भनेअनुसारको काम र तलब नपाएका जस्ता एक दर्जनभन्दा बढी निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको जानकारी दिइन्।
 
सामिको पहलमा घुरन राम, अरुन राम, रामनारायण सरदार लगायतले विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरीमा अनबारुलविरुद्ध उजुरी दिए पनि उनीमाथि अझै कारवाही हुन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले अनबारुलविरुद्ध प्रहरीमा परेको उजुरीबारे आफूलाई जानकारी नरहेको बताए । यसबारे स्थानीय प्रहरीबाट जानकारी माग्ने जवाफ पनि उनले दिए। 

राससले अनबारुलसँग टेलिफोन सम्पर्क गरी ठगीको आरोपबारे सोध्न चाह्यो तर गलत नम्बर परेको भन्दै उनले तत्क्षण फोन काटे। रासस

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्