• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी

64x64
नेपाल लाइभ शुक्रबार, माघ १९, २०७४  २२:०८
1140x725

सप्तरी - स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन्। 

शम्भुनाथ नपा –८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र रु ९५ हजार नगद मागे। घुरन रामले रु पाँच हजारमा बन्ने राहदानी छिटो बनाउन रु १० हजार तिरे र राहदानीसहित रु ३५ हजार अनबारुललाई बुझाए।
 
त्यसबेला विदेश जान अरुबाट लिएको रु एक लाख ऋणको मासिक ब्याजमात्रै रु पाँच हजार तिर्न परिरहेको उनको गुनासो छ । सो ऋण रकम काठमाडौँ जाँदा आउँदा, अनबारुललाई दिँदा र राहदानी बनाउँदा सकिएको उनको भनाइ छ।
 
उनले भने – “एकदिन त भोलिको फ्लाइट छ भन्दै खबर गरे । रातारात घर परिवारसँग विदावारी भएर काठमाडौँ गएँ तर, फर्किएर आउनुप¥यो ।”
 
उनकी श्रीमती सीतादेवी रामले घरबाट कतार जाने भनी निस्किएका श्रीमानलाई तीन÷चार पटक विदावारी गरेको तर, काठमाडौँ पुगेर श्रीमान् फर्किने गरेको सुनाइन्। 
घुरन राम त्यसबेला लागेको ऋण तिर्न यसै साता भारतको दिल्लीमा जान लागेका छन् । त्यहाँ महिनाको रु १५ हजार पाउने गरी कामका जान लागेको उनले सुनाए । अनबारुललाई पटक÷पटक आफ्नो रु ३५ हजार फिर्ता गर्न आग्रह गरेपनि फिर्ता नगरेको उनले गुनासो गरे।
 
शम्भुनाथ नपा–५ का रामनारायण सरदार अनबारुललाई रु ९५ हजार तिरेर कतार गएको डेढ महिनापछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किए।

विदेश पुगेर स्वास्थ्य परीक्षण अनुत्तीर्ण भएमा स्वदेशमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा लागेको रकम तिर्नुपर्ने व्यवस्था छ । अनबारुलले स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट आफूले रकम उठाइदिन्छु भन्दै उनलाई गाउँ बोलाए तर, एक वर्ष बित्दासमेत उनले सो रकम दिलाउन लगाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पैसा लिएर उल्टै पैसा दिएको कागज 
अझ अनौठो त के छ भने अनबारुलले ठगी गरेका व्यक्तिहरुलाई उल्टै रकम दिएको कागज गराउने गरेका छन्। 
साउदी अरबमा मासिक एक हजार २०० साउदी रियाल पाउने गरी राम्रो कामका लागि अवसर आएको र त्यहाँ पठाइदिने भन्दै अनबारुलले शम्भुनाथ नपा–९ बसवलपुरका मुसहर समुदायका कन्की सदासँग दुई वर्षअघि रु ६५ हजार लिए।
 
अनबारुलले आफूले रकम लिएको कागज गर्नुको साटो उल्टै आफूले सदालाई रु ६० हजार दिएको कागज गराए। 
पीडित सदाले भने – “रु ६५ हजार दिएको केही समयपछि अनबारुलले साउदीको भिसा आइसकेकाले जान रु एक लाख २० हजार लाग्ने भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए।”
 
सदालाई साउदी जाने भन्दै तीन चोटि काठमाडौँ बोलाए तर, आज भोलि भन्दाभन्दै दुई वर्ष बित्यो । न त उनको पैसा फिर्ता आयो न त उनी विदश नै जान पाए।
 
कन्की सदासँग मात्रै होइन उनका दाजु सुकदेवा सदासँग पनि उनै अनबारुलले साउदी अरबमा रोजगारीका लागि पठाइदिने भन्दै रु एक लाख ४० लिएका छन्।
 
अनबारुलले साउदी पठाएका सोही गाउँका रामचन्द्र सदाले पनि भने अनुरुपको तलव पाएका छैनन् । रामचन्द्रका बुबा जिलेवी सदाले मासिक रु एक हजार २०० साउदी रियल पाउने भनेर पठाएकामा छोराले मासिक रु छ सय साउदी रियलमात्रै पाइरहेको जानकारी दिए।
 
रामचन्द्रबाट पनि अनबारुलले रकम लिएर उल्टै रकम दिएको कागज गराएका छन् । जिलेवीले भने – “जानुअघि रु ६० हजार अनबारुललाई दिएपछि थप रु ६० हजार पुगेन भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । त्यसमध्ये ४५ हजार तिरिसकें । अब १५ हजार तिर्न बाँकी छ ।” 

छोराका कमाइ राम्रो नभएकाले फर्किने दिनसम्म पनि जाँदा लिएको ऋण तिर्न नसकिने हो कि भन्ने चिन्तामा छन् जिलेवी। 
शम्भुनाथकै अशोक कुमार रायलाई अनबारुलले एक हजार १०० कतारी रियल तलव पाउने भन्दै कतार पठाए । उनले ७०० रियल मात्रै पाउँदै आएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जाँदा रु ८० हजार तिरेर गएका रायलाई थप रु ४० हजार तिर्न बाँकी रहेको कागज अनबारुलले गराएका थिए । भने अनुसारको काम र तलव नपाएपछि रायले बाँकी रहेको रकम तिर्न अस्वीकार गरेपछि उनकी श्रीमतीविरुद्ध प्रहरी चौकीमा उजुरी गरे।
 
यसरी विदेश लैजाने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका अनबारुल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडा सदस्यमा निर्वाचित भए।
 
सुरक्षित आप्रवास परियोजनाका परामर्शदाता निता चौधरीले अनबारुलले विदेश लैजाने भनी रकम लिएर नपठाएका, विदेश गइसकेपछि भनेअनुसारको काम र तलब नपाएका जस्ता एक दर्जनभन्दा बढी निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको जानकारी दिइन्।
 
सामिको पहलमा घुरन राम, अरुन राम, रामनारायण सरदार लगायतले विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरीमा अनबारुलविरुद्ध उजुरी दिए पनि उनीमाथि अझै कारवाही हुन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले अनबारुलविरुद्ध प्रहरीमा परेको उजुरीबारे आफूलाई जानकारी नरहेको बताए । यसबारे स्थानीय प्रहरीबाट जानकारी माग्ने जवाफ पनि उनले दिए। 

राससले अनबारुलसँग टेलिफोन सम्पर्क गरी ठगीको आरोपबारे सोध्न चाह्यो तर गलत नम्बर परेको भन्दै उनले तत्क्षण फोन काटे। रासस

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ
सम्बन्धित सामग्री
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्