फिल्म 'छ माया छपक्कै'को नयाँ गीत 'जुनको जुनेली' सार्वजनिक भएको छ।
गीतको भिडियोमा कलाकार दीपकराज गिरी र नायिका केकी अधिकारीको रोमाञ्च देख्न सकिन्छ। भिडियोमा दीपक र केकीसँगै जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
गीतमा गायक बसन्त थापा र गायिका मीना निरौलाको आवाज रहको छ। गीतकार राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत रहेको छ।
फिल्म असोज २४ गतेबाट प्रदशर्नमा आउँदैछ। फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।