काठमाडौं- भारतका लागि नेपाली राजदूत निमालम्बर आचार्य र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल-भारतबीचको समृद्ध परम्परा र द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ।
राजदूत आचार्यले पछिल्लो समय उच्च भारतीय नेतृत्वसँगको भेटघाटलाई सघन बनाउँदै लगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।