काठमाडौं– प्रहरीको कुटपिटबाट घाइते भएका राज परियारको उपचारको सम्पूर्ण खर्च व्यहोर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई पत्राचार गरेको छ।
काठमाडौं– १७ मा एकै घरमा डेरामा बस्ने परियार र निरु नेपाली बीचको झगडालाई लिएर प्रहरीले परियारलाई डेराबाटै पक्राउ गरी कुटपिट गरी घाइते बनाएको थियो।
परियारको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 'निजको स्पायनल इन्ज्युरी भई शरीरको कम्मर मुनिका भागहरु नचल्ने एवं निजको आर्थिक अवस्था कमजोर रहेको तथ्य प्राप्त भएको छ', आयोगले गरेको अनुसन्धानपछि जारी विज्ञप्तीमा भनिएको छ।
'नेपाल सरकारलाई घाइते व्यक्तिको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाउन तथा सोको जानकारी आयोगलाई दिन आदेश सहित पत्राचार गरेको छ', विज्ञप्तीमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।