काठमाडौं– २ लाख ३४ हजार रुपैयाँ घुससहित पक्राउ परेका वैदेशिक रोजगार बिभाग, श्रम कार्यालय, ताहाचालमा कार्यरत नासु नगेन्द्रप्रसाद गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको छ।
गौतमले तीन जनाको श्रम स्वीकृतीका लागि सो पैसा लिएका थिए। पैसा लिएलगत्तै गत महिना अख्तियारका कर्मचारीले पक्राउ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।