काठमाडौं– काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट ८३ किलो रक्तचन्दन र १ सय ५० ग्राम यार्सागुम्बासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन्।
उक्त स्थानमा रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बुधबार साँझ उनीहरुलाई रक्तचन्दन र यार्सागुम्बासहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।