• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन उच्च गतिमा पग्लिरहेछ ग्रीनल्यान्डमा हिउँ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ १२, २०७६  ०७:४५
1140x725

ग्रीनल्यान्ड- अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)को सानो हवाइजहाजबाट करिब ५ सय फिटमुनि ठूला-ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ। नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन्।

ग्रीनल्यान्डका अन्य ग्लेसियर (हिमनदी)झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तीब्र गतिमा पग्लिरहेको छ। यथार्थमा, यो विशाल हिउँको पहाड यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी पग्लेको हो। नासाका वैज्ञानिक जोस विलिसले हिउँ पग्लाईको घटनाक्रमलाई यसवर्ष नजिकबाट नियालिरहेका छन्। उनको ध्यान मुख्यतः विश्व तापमान वृद्धिले ग्रीनल्यान्डको हिउँ कसरी समाप्त हुँदैछ भन्ने रहस्य थाहा पाउनु हो।

खासगरी, हिउँ पग्लनुमा तातो हावा वा तातो सामुद्रिक जलप्रवाहमध्ये कसको भूमिका कति छ भनी थाहा पाउने उनको लक्ष्य छ। यसको जवाफले पृथ्वीको भविष्य थाहा पाउन निकै ठूलो मद्दत गर्नेछ।

सामान्यतया, पानीको प्रवाहले हावाको भन्दा बढी तिब्रताका साथ तातोपन ल्याउँछ। यदि पानीले बढी नोक्सानी गरेको कुरा प्रमाणित भएमा 'सोचेभन्दा बढी छिटो गतिमा ग्रीनल्यान्डको हिउँ पग्लिने छ,' विलिस भन्छन्। यसको अर्थ समुद्रको सतह छिटोछिटो माथि उकासिन्छ र तटीय क्षेत्रमा बसोबास गर्नेहरु डुबानमा पर्ने सम्भावना बढी हुन्छ।

ग्रीनल्यान्डको हिउँ सबै पग्लिए विश्वको समुद्रको सतह झण्डै २० फिट माथि उठ्छ। एक अनुमानअनुसार, यस महिनाको एकै दिन झण्डै १३ अर्ब ७० करोड टन हिउँ पग्लिएको छ।

'यो निकै भयानक हो,' हिउँभन्दा बढी पानीले ढाकेको क्षेत्रतर्फ देखाउँदै विलिसले भने, 'हाम्रासामु हिउँका पत्रहरु हराउँदै गएको यसैबाट पुष्टी हुन्छ।'

जलवायु परिवर्तनले ग्रीनल्यान्डको हिमशृङ्खलालाई दुई किसिमबाट निल्दैछ। भन्नु पर्दैन, सबैभन्दा मुख्य कुरा ग्रीनल्यान्डमाथि बहिरहेको तातो हावा नै हो। यसवर्षको गृष्मकालको तातो हावा निकै कठोर थियो। जुलाईमा युरोपमा चलेको तातो हावाले ग्रीनल्यान्डको आकाशमाथि 'हेयर ड्रायर'को रुपमा काम गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को भनेको समुद्रको तातो, नुनिलो पानी हो। यो न्यानो उत्तर अमेरिकी गल्फ स्ट्रिम (सामुद्रिक जलप्रवाह)ले ग्रीनल्यान्डको तटीय क्षेत्रलाई न्यानो बनाउँछ, र हिमशृङ्खलालाई तल्लो सतहबाट कुटुकुटु काटिरहन्छ।

जर्जिया विश्वविद्यालयका हिउँ वैज्ञानिक टम मोटले सन् १९९० को दशकको सुरुमा ग्रीनल्यान्डको ग्लेसियरका बारेमा अध्ययन गर्दा धेरैजसो अनुसन्धाताहरुले सामुद्रिक जलप्रवाहले ग्लेसियरलाई त्यति असर गर्ला भन्ने सोचेका थिएनन्। टम मोट अहिलेको अनुसन्धान टोलीमा भने संलग्न छैनन्।

'समुद्रले ग्रीनल्यान्ड पगाल्दैछ' (ओएमजी) नाम दिइएको विलिसको यो परियोजनाले वास्तवमै जल पनि ग्रीनल्यान्ड पगाल्न उत्तिकै जिम्मेवार रहेको देखाएको छ। प्रश्न उब्जिएको छ, कति धेरै र कति चाँडो?

विलिसको टिमले समुद्रको सतहभन्दा करिब ६६० फिटमुनिको तापक्रम नाप्दैछ। प्रारम्भिक विवरणमा यो जलक्षेत्र निकै न्यानो र नुनिलो भेटिएको छ। यही भित्री जलप्रवाहले ठूलै क्षति गरिरहेको छ।

जलक्षेत्रको भित्री भाग मापन गर्न नासाले पाँच वर्षदेखि खर्च गरिरहेको छ। यस परियोजनामा दोस्रो विश्वयुद्धका लागि बनाइएको ७७ वर्ष पुरानो डिसी–३ विमान प्रयोग गरिएको छ। विलिस, परियोजना व्यवस्थापक इयान म्याकुबिन र मेकानिक रिच गिलले विमानबाट लामालामा, सिलिन्डरजस्ता अन्वेषण उपकरणहरु जलक्षेत्रमा खसाल्छन्। यी उपकरण अति चिसो पानी छिचोल्दै भित्री भागमा पुग्छन् र विमानमा जडित सेन्सरबाट भित्री भागको अध्ययन गरिन्छ।

क्याककुबिनले समुद्रको भित्री जलक्षेत्रको तापक्रम र नुनिलोपना आफ्नो कम्प्युटरमा रेकर्ड गर्दछन्।

एउटा सिलिन्डर उपकरणका लागि करिब दुई हजार अमेरिकी डलर लाग्दछ। ग्रीनल्यान्डको पूर्वी भेगको कान्गरलुस्सुकको अध्ययन गर्दा गत वर्ष वा दुई वर्षदेखि समुद्रको भित्री जलप्रवाहमा खासै परिवर्तन आएको देखिएन। यो वास्तवमै राम्रो समाचार हुन सक्छ। तर यो एउटा मात्र अध्ययन विन्दु हो।

विगत चार वर्षदेखि हरेक वर्ष नासाले ग्रीनल्यान्डका सबैजसो ठाउँको अध्ययन गरिरहेको छ। तर प्राप्त विवरणहरु त्यति उत्साहजनक देखिएका छैनन्।

यदि सामुद्रिक जलप्रवाहले बढी भूमिका खेलेको वैज्ञानिकहरुले निष्कर्ष निकाले भने समुद्र सतह अपेक्षा गरिएभन्दा बढी छिटो उचालिने पक्का छ। 'किनभने जलवायु परिवर्तनबाट उत्पन्न हुने तापीय ऊर्जाको ९० प्रतिशत समुद्रमै विलिन हुन्छ,' विलिसले भने। न्यानो पानीले हावाको भन्दा बढी प्रभाव पर्दछ र पग्लदै गरेको हिउँलाई यस्तो पानीले छोएमा तत्कालै असर देखिन थाल्छ।

सामान्यतया, समुद्रको पानी हावाको तुलनामा निकै ढिलो तातिन्छ, तर तातिएको पानी सेलाउन पनि बढी समय लाग्छ। पानीले ग्लेसियरलाई कमजोर बनाउँछ र हिउँका ढिक्काहरुलाई फुट्न मद्दत गर्दछ। यी हिउँका ढिक्काहरु अन्ततः पग्लिएर समुद्रमा मिसिन्छन्।

'कतिपय हिउँका ढिक्काहरु त कुनै सहर जत्रा पनि छन्,' विलिसले भने।

सन् २०१९ मा डेनिस जलवायु वैज्ञानिक रुथ मोटरामले ग्रीनल्यान्डका २८ वटा ग्लेसियरको अध्ययन गरेका थिए। उनको अध्ययनमा यी सबैजसो ग्लेसियर पग्लिरहेको देखिएको थियो। एक वा दुई वटा मात्र स्थिर देखिएका थिए।

'एउटा मात्र ग्लेसियरमा समस्या देखिएको होइन, सबै २८ वटैमा समस्या देखिँदा सबैलाई चिन्तित बनाउनु स्वाभाविकै हो,' मोटरामले बताए।

सन् २०१७ मा गरिएको तटीय ग्लेसियर र हिउँको अवस्थितिसम्बन्धी अध्ययनले पनि सन् १९९७ मा निकै हिउँ पग्लिएको देखाएको छ। त्यसयता निकै तीब्र गतिमा हिउँ पग्लिनेक्रम जारी रहेको छ र विलिसको अध्ययनले पनि त्यस्तै संकेत गरेको छ। नासाको भू-उपग्रह तस्बिरले पनि सन् २००३ देखि २०१६ को अवधिमा बर्सेनी करिब २५५ अर्ब मेट्रिक टन हिउँ पग्लिएको देखाएको छ र हिउँ पग्लने दर निकै भयानक छ।

तैपनि ग्रीनल्यान्डको सम्पूर्ण हिउँ पग्लन सयौं वर्ष लाग्नेछ, तर कति चाँडो पग्लेला भन्ने मुख्य प्रश्न हो। 'वैज्ञानिकहरुले अनुमान गरेभन्दा न्यानो पानीले बढी भूमिका निर्वाह गरे सन् २१०० को अन्त्यसम्ममा ग्रीनल्यान्डको हिउँले मात्र पनि समुद्रको सतह ३ वा ४ फिट माथि उकासिने छ,' विलिसले भने।

अरु वैज्ञानिकहरु, जस्तै कोलोराडो विश्वविद्यालयका टेड स्काम्बोसको भनाइमा ग्रीनल्यान्डका कारण सन् २१०० सम्ममा समुद्रको सतह १ फिटजति मात्र बढ्नेछ। तैपनि यसले निकै बढी क्षेत्रलाई नोक्सान गर्नेछ। (अनुवाद-सोमनाथ लामिछाने/रासस/एपी)

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्