काठमाडौं- गृहसचिव प्रेमकुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेख व्यवस्थापन नगरेको भन्दै गुनासो गरेका छन्।
संघीय संसद राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहारलगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण सम्बन्धी छलफलका क्रममा सचिव राईले यस्तो बताएका हुन्।
कुनै पनि निकायले आफ्ना विभागीय जिम्मेवारीभित्रको ऐतिहासिक दस्तावेजलाई व्यवस्थापन नगरेको बताएका राईले भने, 'विदेशमा संरक्षणको जिम्मेवारी निजी क्षेत्रलाई दिने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा भने निजी क्षेत्रलाई दिँदा कोकोहोला मच्चाउने अनि सरकारी निकायले संरक्षण नगर्ने प्रवृत्ति देखिएको बताए।'
सरकारी निकायका अधिकारीहरु जिम्मेवार नबन्दा आफू गृह मन्त्रालयका डंगुर फोहोर सोर्नेमा परेको गुनासो पनि गर्नुभयो ।
'अहिले भएका अड्डाहरुले पनि आफ्ना मालसामानहरु राम्रोसँग सम्हालेर राखेका छैनन्। आफूले गाडी प्रयोग गर्यो चलुन्जेल। नचलेपछि ल्याएर फालिदिएका छन्,' सचिव राईले भने, 'पछि तीन वटा हाकिम फेरेपछि उसको थाप्लोमा चाहिँ गाडीका थुप्रो सोहोर्नु पर्ने अवस्था श्रृजना हुन्छ। यो सोर्नेमा म धेरै परेको छु। गृह मन्त्रालयका यी डंगुर फोहर सोर्नेमा मैले २०६७ सालमा पनि ८/१० ट्रक सामान जलाएर सफाई गरेको। अहिले ७०/८० वटा गाडी लिलाम गरेँ। ३२ वटा गाडी स्थानीय तहमा हस्तान्तरण गरेको छु।'
ओखेटोपहार व्यवस्थापन सम्बन्धमा समितिले बुधबार गृहसचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।