काठमाडौं– तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका थिए।
सेक्युरेटी गार्डमा मासिक १२ सय अमेरिकी डलर तलव हुने आश्वासन देखाएर उनले रकम लिएर ठगी गरेका थिए। रकम लिएपछि सम्पर्कबिहिन भएका उनलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
तामाङ अहिलेसम्म ४ जनाबाट ३ लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पक्राउ परेका तामाङ गाडी चालक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।