नुवाकोट- रुख ढलेर घर किच्दा नुवाकोटमा एक वृद्धाको मृत्यु भएको छ।
घर निर्माणको लागि रूख काट्ने क्रममा रुख घरतिर ढल्दा सो दुर्घटना भएको हो। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं २ की ८९ वर्षीया युकुमारी शाह रहेकी छन्। आँगनमा बसिरहेको अवस्थामा शिरीषको रुख ढलेर उनलाई किचेको थियो।
रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।