काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार इरान प्रस्थान गरेका छन्।
इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिजको सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए।
इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने उक्त सम्मेलनमा एसियाका ३ सयभन्दा बढी राजनीतिक दल सहभागी हुँदै छन्।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक अवस्थाबारे सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनेछन्। उनी २२ गते स्वदेश फर्कने कार्यक्रम छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।