काठमाडौं– भारतको पावनधर्ती बोधगयामा नेपाली मुसहरले कला प्रस्तुत गरेका छन्। १२औ महासमाधी दिवस समारोहका विहारको पूर्व मुख्यमन्त्री जितनराम माझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली मुसहरले कला प्रस्तुत गरेका हुन्।
मुसहर कलाकारले साँस्कृतिक कला प्रस्तुत गरेका थिए। मुसहर समुदायमा लोकप्रिय नेपाल ऋषिवंशी जनकल्याण संघका नविन रिषिदेव, सुदेशी, विरु, पार्वती, फुलवती, निरजला, नितु, साजन लगायत पे्रम जी, सोफिया, विसेश्वर ज्यूको कालाकारले कला प्रस्तुत गरेका थिए।

पर्वत पुरुष दशरथ माझी तथा नेपालको भुमिमा जन्मेको मुसहर समुदायको कुलदेवता दिनाभद्रीसँग सम्बन्धित गीत, नृत्य, प्रस्तुत गर्नुको साथै विधमान सामाजिक कुरुति मदिरा सेवन, छुवाछुत विरुद्ध नाटक समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपालका विभिन्न स्थानका साथै भारतका झारखण्ड, उडिसा, बंगाल तथा बिहारको दलित अधिकारकर्मी, समाजसेवी, विभिन्न दलका सांसदहरुको उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।