• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दुई प्रहरीमा विभेद : एउटाको बढ्दै बढेन, अर्कोले बढेको पाएन

64x64
नेपाल लाइभ आइतबार, भदौ ८, २०७६  १८:३९
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष (०७६ साउन १) गतेदेखि लागू हुने गरी वृद्धि हुने भनिएको राशनभत्ता नेपाल प्रहरीका कर्मचारीले अझै पाउन सकेका छैनन्।

राशनभत्ता पुनरावलोकन समितिको सिफारिसमा ५ वर्षपछि सरकारले नेपाल प्रहरीको राशनभत्ता बढाएको थियो। बढेको राशनभत्ताका लागि भन्दै ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट सरकारले विनियोजन समेत गरिसकेको छ। तर प्रहरी कर्मचारीले अहिले पनि पुरानै रेटअनुसार काठमाडौं उपत्यकामा दैनिक १ सय ७५ रुपैयाँका दरले राशनभत्ता बुझेका छन्। 

नेपाल प्रहरीको बजेट शाखाका प्रमुख एसएसपी दीपक थापाले बजेट विनियोजन भए पनि क्याबिनेटले निर्णय नगरेकाले समस्या आएको बताए। 'बजेट विनियोजन भइसकेपनि क्याबिनेटबाट निर्णय भइनसकेको हुँदा पुरानै दरअनुसार राशनभत्ता वितरण गरिएको हो,’ उनले भने। 

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा राशनभत्ता पुनरावलोकन समिति गठन भएको थियो। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र अर्थमन्त्रालयका कर्मचारी समस्या रहन्छन्।
राशनभत्ता पुनरावलोकनका लागि उक्त समितिको बैठक २ पटक बसेको भए पनि समितिले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। समितिले निर्णय गरिसकेपछि उक्त प्रस्ताव क्याबिनेटमा पेस हुन्छ। क्याबिनेटबाट पास भएपछि मात्रै बढेको राशन नेपाल प्रहरीका कर्मचारीले पाउने एसएसपी थापा बताउँछन्।

बढेको रासनभत्ता पाउनका लागि अझै केही समय लाग्ने भएको छ। जिल्ला अनुसार नेपाल प्रहरीको राशनभत्ता फरक-फरक छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) को संयोजकत्वमा रहने एक समितिले महँगीअनुसार हरेक वर्ष भत्ता पुनरावलोकन गर्दै आएको छ। तर २०७१ साल यता मँहगी बढे पनि प्रहरीको राशनभत्ता बढ्न सकेको थिएन। 

गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढाको संयोकत्वमा रहेको समितिले २ वर्षमा राशनभत्ता पुनरावलोकन गर्न सुझाव दिएको थियो। 

तर ५ वर्षमा यस वर्ष नेपाल प्रहरीको राशनभत्ता बढ्ने भन्दै बजेट आए पनि अहिलेसम्म प्रहरीले बढेको राशनभत्ता पाउन सकेका छैनन्।

अहिले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ७५ रुपैयाँका दरले राशनभत्ता पाउँदै आएका छन्। बढेको राशनभत्ताको दर अनुसार अब  काठमाडौं उपत्यकाको राशनभत्ता १ सय ९४ रुपैयाँ हुने एसएसपी थापाले बताए। 

Ncell 2
Ncell 2

हिमाली जिल्लाहरुमा अहिले दैनिक राशनभत्ता ४ सय ४४ रुपैयाँ छ। अब ६ सय १५ रुपैयाँ पुग्ने भएको छ। 

सशस्त्रलाई आएन बजेट 
नेपाल प्रहरीको राशनभत्ता बढ्ने निश्चित भए पनि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि भने राशनभत्ता बापतको थप बजेट नै नआएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेजकुमार श्रेष्ठले जानकारी दिए। ‘जिल्ला दररेट अनुसार राशनभत्ता बढ्नुपर्छ भन्दै हामीले करिब ३ महिनाअघि नै गृह मन्त्रालयमा पत्र पठाएको थियौं,’ डिआइजी श्रेष्ठले भने, ‘तर अहिलेसम्म राशनका लागि भनेर थप बजेट आएको छैन।’

सशस्त्रलाई पुरानै दररेट अनुसार रकम विनियोजन भएकाले प्रतिदिन १ सय ७५ रुपैयाँकै दरले राशनभत्ता बुझेको सशस्त्रका एक प्रहरी निरीक्षकले नेपाल लाइभलाई बताए। 

सशस्त्र प्रहरीको जस्तै समस्या राष्ट्रिय अनुसन्धानमा विभाग पनि छ। राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि पुरानै दररेट अनुसार बजेट विनियोजन भएको छ।

एउटै किसिमका सुरक्षा निकायमा फरकफरक राशनभत्ता हुने अवस्था आए संगठनकै 'मोरल डाउन' हुने सशस्त्रका अधिकारीले बताउँदै आएका छन्। यसबारेमा गृह मन्त्रालयलाई समेत पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको सशस्त्र प्रहरीको गुनासो छ। महँगी दैनिक बढ्ने तर ५ वर्षमा पनि राशनभत्ता बढ्न नसकेका कारण दैनिकी चलाउनै धौधौ पर्ने गरेको सशस्त्रका कर्मचारीको गुनासो छ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित)
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्