काठमाडौं– बिहिबार नेपाल भ्रमणमा आउन लागेकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएकी छिन्।
उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
निमन्त्रण बिना नै स्वराजनेपाल आउन लागेका हुन्। बिहिबार आउने उनी शुक्रबार फर्कने छिन्। वाम सरकार बनाउने तयारी भइरहेको बेला हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।