बनेपा- काभ्रेमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।
नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारले १० लाख रुपैयाँभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छन्।
माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रु २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाएका छन्। यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा कांग्रेसका मधुप्रसाद आर्चायले रु १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले रु १५ लाख ८५ हजार खर्च विवरण बुझाएका छन्।
प्रतिनिधिसभा क्षेत्र नं १ मा काग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले रु १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा कांग्रेसका उम्मेदवार गणेश लामाले रु १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले रु ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन्।
क्षेत्र नं २ प्रदेशसभा (क) मा कांग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले रु १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले रु १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले रु सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईंले रु १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले रु १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले रु १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहरुले खर्च गरेको बताए। निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।