राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 १२:०५:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले भेट गरेका छन्।

राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष प्रचण्डले आइतबार बिहान भेटेका हुन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा रहेका बेला प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन्।

राष्ट्रपति भवनमा राष्ट्रपति र प्रचण्डको भेटवार्ता भएको हो।

भेटबारे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘भेट नभएको धेरै समय भएको थियो। खास विषय केही थिएन। समसामयिक कुराकानीका लागि भेट गर्नुभएको हो।’

राष्ट्रपति र प्रचण्डको भेटवार्ता एक घण्टा बढी भएको थियो।