काठमाडौं- सर्वोच्चको मुख्य रजिस्ट्रारमा न्याय परिषदका सचिव राजन भट्टराई सिफारिस भएका छन्। मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भएलगत्तै रिक्त रहेको उक्त पदमा भट्टराईको सिफारिस न्याय सेवा आयोगले गरेको हो।
महान्यायाधीवक्ता कार्यालयवाट न्याय परिषदको सचिव भएका भट्टराई दोस्रो पटक बढुवा भएका छन्। यस्तै रिक्त न्याय परिषदको सचिवमा बेपत्ता आयोगका सचिव नृपध्वज निरौला र सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे बेपत्ता आयोगमा सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।