रसुवा- प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६ सय एमएल डिजेल उत्पादन गरिएको हो।
पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा छरिएका प्लास्टिक तथा पानीको बोतल व्यवस्थापन गरी वातावरण स्वच्छता पार्ने र ती प्लास्टिकजन्य वस्तुको सदुपयोगको महत्व बुझाउन ६५ जना स्थानीय व्यक्तिलाई दुई दिने प्रशिक्षणसमेत दिइएको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।
'पानीका बोतल प्रशोधन गरी अर्को बोतल बनाउन पोखरा पठाइनेछ,' उनले भने, 'प्लास्टिकबाट डिजेल उत्पादन कार्यलाई निरन्तरता दिन पिएसडी नेपाल संस्थाका आर्थिक सहयोग र कार्ययोजना बनाउने काम अघि सारिएको हो।'
प्लास्टिकबाट डिजेल उत्पादन गर्दा सवारीका लागि इन्धनको व्यवस्था पनि हुने र वातावरण प्रदूषण न्युनीकरण गाउँपालिका प्रमुख तामाङले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।