काठमाडौं- गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले जलासयमा आधारित बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा रकम तोकिएर बाँड्न बाँकी सबै ठाउँको मुआब्जा तत्काल बाँड्न आग्रह गरेका छन्।
काठमाडौंमा गोरखाका वामपन्थी कार्यकर्तासँगको अन्तरक्रियामा सांसद अधिकारीले मुआब्जा निर्धारण हुन बाँकी आरुघाटको मुआब्जा पनि तत्काल घोषणा गर्नुपर्ने बताए।
गोरखा जिल्ला प्रशासन कार्यालयले जिल्लाका साविकका ३ गाविसका बासिन्दालाई गत मंसिरमा मुआब्जा लिन आउन सार्वजनिक सूचना जारी गरेको थियो। सूचना जारी भएपछि गोरखातर्फ २१ सय २० जनाले मुआब्जा पाउन निवेदन दिइसकेका छन्।
कार्यक्रममा सांसद अधिकारीले आफूले पाँच वर्षमा सक्दो राम्रो काम गरेर जनतामा परिवर्तनको अनुभूति दिलाउने तथा दिगो योजना र कार्यक्रमलाई प्राथमिकता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।