• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

५ करोडको कोकिन बोकेर कतारदेखि काठमाडौं, सोल्टी होटलमा बुक

64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  १७:२५
1140x725

काठमाडौं– कालो बाहुला भएको सेतो-कालो चेक सर्ट। सेतो-कालो चेक पाइन्ट। कालो वर्ण। ख्याउटे शरीर। 

यिनै हुलिया भएका एक युवा कतार एयरवेजको एक जहाजबाट बुधबार दिउँसो करिब साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन्छन्।

उनको हाउभाउ र हिँडाइ केही हतारिए जस्तो देखिन्छ। निकै शंकास्पद तरिकाले पल्याकपुलुक गर्दै उनी अघि बढ्छन्। निलो रङको आफ्नो सुटकेस घिसार्दै उनी एक्स–रे मेसिनसम्म पुग्छन्।

मेसिनको जाँच सकिएपछि केही ढुक्कको सास फेर्दै बाहिर निस्केका उनी त्यतिबेला झसंग हुन्छन्, जतिखेर उनलाई सादा पोसाकका प्रहरीले पक्राउ गर्छन्। प्रहरीले उनलाई पक्राउ गर्दा ४ बजेर ५८ मिनेट गइसकेको थियो।

यसरी प्रहरीले पक्राउ गरेका व्यक्ति हुन्, आइभरीकोस्टका ३५ वर्षीय मार्सेल गुली।

गुली त्यस्ता व्यक्ति हुन्, जो केही पैसामा लोभिएर आइभेरीकोस्टदेखि अवैध कोकिनको भारी बोक्न नाइजेरिया पुग्छन्।

नाइजेरियामै सुटकेसभित्र फल्स बटम बनाई तलमाथि दायाँबायाँ काठको प्लाइउड राखिन्छ। त्यसभित्र कागजको पाता बनाइन्छ। ताकि सुटकेस खोल्दा ती प्लाइउड र कागजका पाता सुटकेसको कभरमै टाँसिउन्। कसैले थाहा नपाओस्। यसरी बनाइएको फल्स बटममा थियो, १ किलो ६ सय ग्राम कोकिन। 

Ncell 2
Ncell 2

सोही परिमाणको कोकिनसहित उनी विमानस्थलमा पक्राउ परेका हुन्। जसको बजार मूल्य ४ करोड ८० लाखभदा बढी रहेको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी दिनेश अमात्य बताउँछन्।

उक्त कोकिन बोकेर नाइजेरियाको लागोसबाट २० अगस्टमा उनी कतारको राजधानी दोहा आएका थिए। दोहाबाट २१ अगस्ट अर्थात् हिजो बुधबार काठमाडौं आएका गुली नेपाल प्रहरीको फन्दामा परे।

प्रहरीले लामो समयदेखिको अनुसन्धान, विश्लेषण र सूचना अनुसार कोकिन बोकेर मार्सेल गुली नेपाल आउँदै गरेको भन्ने खबर पाएको थियो। सोही अनुसार ब्युरोको टोली सादा पोसाकमा विमानस्थलमा गुलीलाई कुरेर बसेको थियो। 

एक्स–रे मेसिन पार गरेर बाहिन आउनसाथ उनी ब्युरोको टोलीको नियन्त्रणमा परिहाले।

सोल्टी होटलमा बुक
पक्राउ परेका गुली पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। ठूलो मात्रामा कोकिन लिएर आएका उनले नाइजेरियाबाटै कालिमाटीस्थित सोल्टी होटलमा कोठा बुक गरेको पाइएको छ। यद्यपि उनी सोल्टी होटल पुग्न नपाउँदै पक्राउ परे। 

सोल्टी होटल बुक गर्नुको अर्थ भने उनले प्रहरीलाई छक्याउन गरेको हुन सक्ने ब्युरोका एसएसपी वसन्त लामा बताउँछन्। ‘पक्राउ परेका गुलीको लवाइखवाइ हेर्दा उनी भरिया जस्तो देखिन्छन्। त्यति महँगो होटलमा उनी बस्ने जस्तो पनि देखिँदैन,’ एसएसपी लामाले भने, ‘प्रहरीलाई छक्याउन सोल्टी होटल बुक गरेजस्तो गर्ने तर अन्तै बस्ने योजना पनि हुन सक्छ।’

बरामद गरिएको उनको पासपोर्टमा सेम्टेम्बर २ सम्म नेपालको भिसा रहेको पाइएको छ। यति लामो समयसम्म उनी नेपाल नै बसे पनि सोल्टी होटलमा बस्न सक्ने व्यक्ति हुन् भन्नेमा प्रहरीको शंका छ।

६ महिनाको भारत भिसा
१ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

सोही अनुरुप यो कोकिनको गन्तव्य पनि भारत रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। पक्राउ परेका गुलीको साथबाट बरामद भएको १९ एटी ९५५१४ नम्बरको पासपोर्टमा भारतको भिसासमेत लागेकाले उक्त कोकिन भारत जाने तयारी रहेको ब्युरोका प्रवक्ता एसपी कृष्ण प्रसाई बताउँछन्। प्रहरीले बरामद गरेको उनको पासपोर्टमा अप्रिलदेखि अगस्टसम्मका लागि भारतको भिसा लागेको छ।

नेपाललाई ट्रान्जिट बनाएर यसअघि पनि लागुऔषध तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। पहिले बरामद भएका कोकिन पनि नेपाली भूमि प्रयोग गर्दै खुल्ला सीमाको फाइदा उठाउँदै भारत पठाउने योजना बनाइएको प्रहरीले विश्लेषण गरेको छ।

६ वर्षमा साढे ३८ किलो कोकिन बरामद
लागुऔषध नियन्त्रण ब्युरोले विगत ६ वर्षको अवधिमा ३८ किलो ७ सय २५ ग्राम कोकिन बरामद गरेको छ। ब्युरोले सन् २०१४ मा ५ किलो ४९९ ग्राम कोकिन बरामद गरेको थियो। 

त्यस्तै सन् २०१५ मा ११ किलो कोकिन बरामद भएको थियो। सन् २०१६ मा सबैभन्दा बढी १३ किलो ६२६ ग्राम बरामद भएको ब्युरोको तथ्यांक छ। सन् २०१७ मा ५ किलो, सन् २०१८ मा २ किलो र अहिले सन् २०१९ मा १ किलो ६ सय ग्राम कोकिन बरामद गरेको हो।

जर्मनीमा मात्रै केही महिनाअघि विभिन्न समयमा बरामद गरिएका ४ दलशमलव ५ मेट्रिक टन कोकिन बरामद गरेर नष्ट गरेको थियो।

त्यस्तै प्रहरीले आर्थिक वर्ष २०६८/६९ देखि अहिलेसम्म १ नेपालीसहित २४ जना विदेशी नागरिक कोकिनसहित नेपालमा पक्राउ परेका छन्। पक्राउ परेका मध्ये धेरैजसो चिनियाँ, पाकिस्तानी, थाइल्याण्ड, बोलिभियन र मलेसियन नागरिक छन्। 

कोकिन तस्करीका उपाय अनेक
विभिन्न तरिकाहरु अपनाएर कोकिनको ओसारपसार हुँदै आएको छ। केही समयपहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो। सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो।

त्यस्तै स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो। त्यस्तै नयाँ तरिका अपनाएर बुधबार सुटकेस ब्यागमा लुकाएर कोकिन नेपाल आइपुगेको हो। 

अन्तर्राष्ट्रिय तस्करहरुले पक्राउ पर्नबाट जोगिन नयाँनयाँ तरिका अपनाएर कोकिन तस्करी गर्दै आएका छन्। पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। यो घटना ८/९ महिनाअघिको हो।

त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए। 

हेर्नुस् भिडियो-

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन समेत बोकेको समाचार सार्वजनिक भएको थियो। 

पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत झोल कोकिन पनि तस्करी हुँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित)
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्