काठमाडौं– लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आइभेरीकोस्टका मार्सेल गुली छन्। ३५ वर्षीय गुलीलाई ब्युरोको टोलीले बुधबार ५ बजे पक्राउ गरेको हो।
उनले सुटकेस ब्यागमा १ किलो ६ सय ग्राम कोकिनसहित पक्राउ गरेको हो।
उक्त कोकिनको बजार मूल्य ४ करोड ८० रहेको प्रहरीले जनाएको छ।
उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए।
पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।