• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किन पक्राउ परे भारतीय पूर्व अर्थमन्त्री चिदम्बरम?

आज सिबिआईको अदालतमा पेस गरिँदै
64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  १०:२४
1140x725

काठमाडौं- भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम यतिबेला सिबिआईको हिरासतमा छन्। आफूलाई पक्राउ नर्गन माग गर्दै दायर गरेको निवेदनमा सर्वोच्च ‍अदालतले उनको पक्षमा आदेश नगरेपछि बुधबार बेलुका सिबिआईले चिदम्बरमलाई पक्राउ गरेको थियो।

चिदम्बरम आइएनएक्स मिडिया प्रकरणका अभियुक्त हुन्। उनले धरौटीमा छाड्न दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए। तर, उच्च अदालतले चिदम्बरम उक्त प्रकरणका प्रमुख योजनाकार भएको भन्दै छाड्न नमिल्ने आदेश दिएको थियो।

सोपश्चात् उनी मंगलबार अग्रिम धरौटीमा रिहाको माग गर्दै सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले भने तत्काल सुनवाइ नगर्ने जनाउँदै बुधबारका लागि पेशी तोकेको थियो। बुधबार पनि चिदम्बरमलाई अदालतबाट राहत मिलेन। धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने हकमा सर्वोच्चले उच्चको फैसलालाई नै सदर गर्दै अर्को सुनुवाइ शुक्रबारका लागि तोकेको छ।

बुधबार सर्वोच्चले शुक्रबार उपयुक्त इजलासमा निवेदन राखेर सुनुवाई गर्ने भनेपछि सिबिआई र इडीका कर्मचारीहरुले राति नै चिदम्बरमलाई पक्राउ गरेका थिए। चिदम्बरमको दिल्लीस्थित घरको गेट नखुलेपछि सिबिआईको टोली पर्खाल नाघेर उनको घरभित्र छिरेको थियो।

यसअघि मंगलबार नै उनलाई पक्राउ गर्न सिबिआईको टोली चिदम्बरमको घरमा पुगेको थियो। तर, उनी नभेटिएपछि टोलीले सिबिआईको कार्यालयमा आउन भन्दै चिदम्बरमको घरमा सूचना टाँसेको थियो।

बुधबार राति घरबाटै पक्राउ परेका चिदम्बरम सिबिआईको भ्यानमा। 

आज उनलाई सिबिआईको अदालतमा पेस गरिनेछ। उक्त अदालतले उनलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने निर्णय गर्नेछ।

के हो आइएनएक्स मिडिया प्रकरण
सिबिआईले मिडिया कम्पनी आइएनएक्सको विरुद्धमा १५ मे २०१७ मा जाहेरी दर्ता गरेको थियो।

उक्त जाहेरीमा आइएनएक्स मिडिया ग्रुपका लागि ३ सय ५ करोड भारतीय रुपैयाँ विदेशी फन्ड लिनका लागि पी चिदम्बरमको संलग्नतामा अनुमति दिइएको उल्लेख छ। उनले विदेशी लगानी प्रमोसन बोर्ड (एफआइपिवी )को अनुमतिमा कैंयौँ प्रकारका अनियमितता गरेको उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

२००७ मा उक्त कम्पनीमा लगानीको स्वीकृति दिइएको थियो। तत्कालीन समयमा चिदम्बरम कांग्रेस सरकारको शक्तिशाली अर्थमन्त्री थिए।

छोरा कार्ति (दायाँ) सँगै पी चिदाम्बरम।

चिदम्बरम त्यो समयमा जाँचको राडारभित्र परेका थिए, जब आइएनएक्स मिडियाका प्रोमोटर इन्द्राणी मुखर्जी र उनका श्रीमान् पिटर मुखर्जीमाथि इडीले छानबिन सुरु गर्‍यो। इडीले यस सम्बन्धमा २०१८मा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दर्ता गरेको थियो।

इडीको उक्त आरोपपत्रमा इन्द्राणाी मुखर्जीले अनुसन्धान अधिकारीसँथगको बयानमा पी चिदम्बरमको छोरालाई सहयोग गर्ने वचन दिएको बताएकी थिइन्। उनले बयानमा भनेकी भनिन्, ‘चिदम्बरमले एफआइपिबी मञ्जुरीको सट्टामा आफ्ना छोरा कार्ति चिदम्बरमको विदेशी धन अवैध राखेको मामलामा सहयोग गर्न भनेका थिए।’

‘कार्ति चिदम्बरमले पैसा मागेका थिए’
सिबिआईले पी चिदम्बरमका छोरा कार्ति चिदम्बरमलाई फेब्रुअरी २०१८ मा चेन्नई विमानस्थलमा गिरफ्तार गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइएनएक्स मिडियाका विरुद्ध सम्भावित अनुसन्धान रोक्नका लागि कार्तिले १० लाख डलर माग गरेको आरोप लागेको थियो। तर, पछि कार्ति अदालतबाट धरौटीमा रिहा भएका थिए।

आइएनएक्स मिडियाका पूर्वनिर्देशक इन्द्राणी मुखर्जी।

सिबिआईको भनाइ छ कि आइएनएक्स मिडियाका पूर्वनिर्देशक इन्द्राणी मुखर्जीले अनुसन्धानको क्रममा उनले पैसा मागेको भनेकी थिइन्। अनुसन्धान एजेन्सीका अनुसार यो सम्झौता दिल्लीको एक पाँचतारे होटलमा तय भएको थियो।

इन्द्राणी मुखर्जी अहिले आफ्नी छोरीकै हत्यामा संलग्न भएको आरोपमा जेलमा रहेकी छन्।

एयरसेल-म्याक्सिस सम्झौतामा पनि चिदम्बरमको संलग्नता
भारतको केन्द्रीय जाँच एजेन्सीले ३ हजार ५ सय करोड भारतीय रुपैयाँको एयरसेल-म्याक्सिस सम्झौतामा पनि चिदम्बरमको भूमिका रहेको आशंका गरेको छ। त्यसमा उसले अनुसन्धान गरिरहेको छ।

सन् २००६ मा मेलिसियाको कम्पनी म्याक्सिसले एयरसेलमा शतप्रतिशत हिस्सा लिएको थियो। यसमा चिदम्बरमले बाध्य पारेर अनियमितता गरेको आरोपमा जाँच एजेन्सीले अनुसन्धान गरिरहेको छ।

उक्त सम्झौता हुँदा चिदम्बरम पहिलो युपिए सरकारको अर्थमन्त्रीको रुपमा थिए। टू-जीसँग जोडिएको यस प्रकरणमा उनी र उनको परिवारको संलग्नता रहेको जाहेरी दर्ता भएको थियो।

विदेशी लगानी स्वीकृत गर्न अर्थमन्त्रीलाई अन्तिम सीमा ६ सय करोडसम्म मात्र छ। तर, ३ हजार ५ सय करोड भारुको एयरसेल-म्याक्सिसको सम्झौता मन्त्रिपरिषद्‌ बैठकको अनुमति बिना पास गरेर आर्थिक मामिलामा घोटला गरेको पी चिदम्बरमाथि आरोप लाग्दै आएको छ।

तर, उनले यो प्रकरणमा आफू र आफ्ना छोरा कार्तिको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्। उनले आफूलाई राजनीतिक प्रतिशोधका लागि सरकारले यस्तो गरिरहेको दाबी गरेका छन्।

स्मरणीय छ कि प्रधानमन्त्री नरेन्द्र मोदीका हर कदमलाई लिएर संसद्‌मा चिदम्बरमले चर्को रुपमा आलोचना गर्दै आएका छन्।

हालैमात्र जम्मू-काश्मीरमाथि विशेषाधिकार दिने संविधानको धारा ३७० खारेज गर्ने निर्णयमा उनीमात्र सरकारको उक्त कदम असंवैधानिक भएको भनेर आलोचना गर्ने सांसद थिए। पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुअघि नै उनले संसद्‌मा मोदीको कदम गैरसंवैधानिक भएको भन्दै विधेयकको आलोचना गरेका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्