• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका ८ एम्बुलेन्स, यसरी दिन्छन् विपद्‌मा नागरिकलाई सेवा

७ हजार जना चौबीसै घन्टा हाई अलर्टमा
64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  १७:२५
1140x725

काठमाडौं– विपद् व्यवस्थापन र उद्धारका काम गर्दै आएको सशस्त्र प्रहरी बलले इमिडिएट रेस्पोन्स टिम (आइआरटी) मार्फत एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ।

यथाशीघ्र सेवा, सुरक्षा, उद्धार लगायतका घटनामा काम गर्दै आएको सशस्त्र प्रहरीले  देशभर दैनिक रुपमा करिब ८५ वटा छुट्टाछुट्टै आइआरटी परिचालन गर्दै आएको छ। ८५ वटा आइआरटीमध्ये २५ वटा टिमलाई भने एम्बुलेन्स उपलब्ध गराइएको बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए। 

यी टोलीहरु चौबीसै घन्टा राजमार्गमा तैनाथ रहनेछन्। ‘आइआरटीले कुनै पनि बेला यथाशीघ्र सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा तत्कालै काम गर्छ,' उनले भने।

यस टोलीमा प्राथमिक उपचारका सामग्रीसमेत हुन्छन्। २५ वटा एम्बुलेन्समध्ये ८ वटा भने ठूला एम्बुलेन्स छन्। जसले ठूला दुर्घटनाका घाइतेहरुलाई सामूहिक रुपमा उद्धार गर्न स्वास्थ्यकर्मी र आपतकालीन स्वास्थ्य सुविधासहितको काम गर्नेछन्। 

यी ठूला ८ वटा आइआरटी एम्बुलेन्सहरु सुनसरीको पकली, बाराको पिलुवा, महोत्तरीको बर्दिवास, चितवनको कुरिनटार, काठमाडौंको बलम्बु, कपिलवस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर  र कैलालीको अत्तरियामा तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

उक्त एम्बुलेन्समा ४ जना बिरामीलाई सुताएर, र ८/१० जना बिरामीलाई बसाएर प्राथामिक उपचारसहित अस्पतालसम्म लैजान सकिने व्यवस्था रहेको छ। जसले गर्दा सडक दुर्घटनामा परेका घाइते तथा बिरामीहरु अस्पताल नपुग्दै ज्यान गुमाउने अवस्थामा न्यूनीकरण हुने विश्वास लिइएको छ।

Ncell 2
Ncell 2

त्यस्तै अन्य उद्धारका कार्यलाई पनि प्राथमिकतामा राखेर प्रभावकारी काम गरिरहेको सशस्त्रले जनाएको छ। त्यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि भन्दै तालिमको व्यवस्था गरिँदै आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

सशस्त्र प्रहरीले ६ सय ६२ विद्यालय र १ सय २६ क्लबमा गरी जम्मा ६७ हजार ३ सय २१ जना स्थानीयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना तालिमसमेत दिइएको सशस्त्रले जनाएको छ। गत आर्थिक वर्षमा ४२ हजार ७ सय ७८ सशस्त्र प्रहरी कर्मचारी उद्धारमा परिचालित भई ७ हजार ९ सय ८० जनाको उद्धार गरिएको प्रधान कार्यालयको तथ्यांक छ।

त्यस्तै दैनिक सशस्त्रका १५ हजार फौजले १८ सयभन्दा बढी स्थानमा खटिएर सुरक्षा दिने गरेका छन्। ७ हजारभन्दा बढी जनशक्ति भने देशभरका विभिन्न ब्यारेकमा चौबिसै घन्टा हाई अलर्टमा बस्ने गरेका छन्।

सशस्त्रले आफ्नो चेन अफ कमान्डमा समेत केही परिवर्तन गरिएको जनाएको छ। नयाँ संरचना अनुसार तालिम शिक्षालयहरु बाहेक सबै इकाइहरुको परिचालनमा बाहिनीको कमाण्ड रहनेछ। जिल्लामा रहेका सबै युनिटको कमान्ड सम्बन्धित जिल्लाको गणबाट गरिने गरी नयाँ चेन अफ कमान्डको व्यवस्था मिलाइएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले सशस्त्र प्रहरीले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।

प्राकृतिक तथा मानवजन्य विपदको अवस्थामा नजिकको एपिएफ इकाइबाट तत्कालै टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ। 

४१ थान हतियार बरामद, ७७० जना पक्राउ
सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा नेपालका विभिन्न ठाउँबाट ४१ थान हातहतियार बरामद गरेको छ। विभिन्न किसिमका अवैध पेस्तोल/बन्दुक बरामद गर्नुका साथै त्यसमा लाग्ने २ सय ५८ राउन्ड गोली पनि बरामद गरिएको सशस्त्रले जनाएको छ। यस क्रममा १३ थान म्यागजिनसमेत बरामद भएका छन्। 

त्यस्तै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ७ सय ७० जनालाई गत आर्थिक वर्षमा पक्राउ गरिएको छ। चोरीपैठारी निकासी नियन्त्रणमा पनि उल्लेख काम गरिएको सशस्त्रले जनाएको छ। 

गत आर्थिक वर्षमा ४७ करोड ३८ लाख ९१ हजार ८ सय २९ रुपैयाँ बराबरको चोरीपैठारी निकासीका सामानहरु बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए। यसअघि आर्थिक वर्ष २०७४/७५ मा १४ करोड ४२ लाख ४० हजार ९ सय २० रुपैयाँ बराबरको चोरीपैठारी निकासीका सामानहरु बरामद गरिएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित)
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्