काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत नांगो खुकुरी देखाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नकेपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय सागर मैनाली छन्। उनलाई सोमबार महानगरीय प्रहरी अपराध महाशाखा र इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरेको हो।
बारामा पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।