काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा भएको खर्च विवरण बुझाउन दलहरुलाई सूचित गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आयोगले निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको दलहरुलाई सम्झाएको छ।
प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ मा गरी दुई चरणमा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।