• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

काम कुरो एकातिर, मन्त्री महासेठको ध्यान प्राधिकरण र विभागका महानिर्देशकतिर

64x64
शिव बोहरा मंगलबार, भदौ ३, २०७६  ०८:०३
1140x725

काठमाडौं- देश संघीयतामा गएसँगै संविधानले यातायात क्षत्रेको सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिएको छ। संघीय सरकारले यातायातसम्बन्धी केन्द्रीय नीति तय गर्ने संवैधानिक व्यवस्था छ। तर, संघीयता कार्यान्वयनमा आएको दुई वर्ष हुनै लाग्दासमेत केन्द्र सरकारले संघीय यातायात ऐन बनाएको छैन। संघीय यातायात ऐनसँग नबाझिने गरी प्रदेशले प्रादेशिक यातायात ऐन ल्याउनु पर्ने हुन्छ।

तर, केन्द्र सरकारले संघीय यातायात ऐन ल्याउनुपूर्व नै प्रदेश ३ सरकारले आफ्नो प्रदेशमा लागू हुनेगरी यातायात ऐन ल्याइसकेको छ। यता केन्द्र सरकार भने प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्ने उपत्यकाको यातायात नियमन गर्ने प्राधिकरण ऐन बनाउन तल्लीन छ।

अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेर काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक राष्ट्रियसभामा दर्ता गरेको हो। संविधानमा व्यवस्था गरिएको अधिकारहरूको सूचीमा संघ (केन्द्र)लाई राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापनको जिम्मा दिइएको छ।

प्रदेशको आफ्नो सीमाभित्रको यातायातसम्बन्धी कानुन, नियम, नीति बनाउने अधिकार प्रदेश सरकार र संसद्‌लाई छ। तर, केन्द्र सरकारले प्रदेशको अधिकार क्षेत्र हस्तक्षेप गर्दै ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक’ल्याए पनि संघीय यातायात ऐन ल्याउने विषयमा भने चासो देखाएको छैन।

केन्द्र सरकारले ल्याएको उक्त प्राधिकरण विधेयकबारे राष्ट्रियसभामा सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरूले प्रदेशको अधिकार मिचिएको बताएका छन्। सांसद कोमल वलीले 'यातायात क्षेत्रमा सुधारका विभिन्न उद्देश्य बोकेर प्राधिकरण गठन गरिनु ठीक हो, तर उपत्यका मात्रै किन?' भन्दै सरकारलाई प्रश्न गरेकी थिइन्।

मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायातका क्षेत्रमा सुधार ल्याउन प्राधिकरण गठनको प्रावधानसहितको विधेयक ल्याएको हो। सार्वजनिक यातायात सेवाको नियमन तथा सञ्चालनसम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्राधिकरण स्थापना गर्ने प्रस्ताव विधेयकमा छ।

हालसम्म यातायात व्यवस्थापनसम्बन्धी काम यातायात व्यवस्था विभागले गर्दै आएको छ। प्रदेश सरकारहरुले काम गर्न थालिसकेको अवस्थामा यातायात व्यवस्था विभागको औचित्यसमेत खुम्चिएको छ। प्रदेश सरकारलाई सवारी तथा सवारी चालक अनुमतिपत्रको विवरण उपलब्ध गराउने उद्देश्यले राखिएको विभाग नियमनकै कार्यमा रहेको छ।

काठमाडौं उपत्यका प्रदेश ३ को क्षेत्राधिकारभित्र पर्ने भएकाले यहाँको यातायात व्यवस्थामा सुधार र व्यवस्थापनका लागि कानुन बनाउने अधिकार प्रदेश ३ कै रहेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। विधेयकमा 'प्राधिकरणलाई सार्वजनिक यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने अधिकार हुने' भनिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापन, उपत्यकाका लागि उपयुक्त एकीकृत यातायात प्रणालीको विकास, रुट निर्धारण, भाडा निर्धारण, सवारी साधनको मापदण्ड निर्धारण, पार्किङ, दण्ड जरिवानालगायत अधिकार पनि प्राधिकरणलाई दिने गरी विधेयकमा प्रस्ताव गरिएको छ।

प्राधिकरणको संरचना कस्तो हुने भन्ने विषय विधेयकमा खुलाइएको छैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायातको अस्तव्यस्तालाई सुधार गर्न छुट्टै संरचना आवश्यक परेर विधेयक ल्याइएको दाबी गरेका छन्।

केन्द्र सरकारले संघीय यातायात ऐन बनाएर प्रदेश सरकारलाई सहजीकरण गर्नुको साटो प्राधिकरण गठन गरेर कार्यकर्ता भर्ति केन्द्र बनाउन खोजेको देखिन्छ।

प्रदेश ३ ले पनि संघीय सरकारले राष्ट्रियसभामा पेस गरेको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ।

केन्द्र सरकारले बनाउने प्राधिकरण राष्ट्रिय हुनुपर्ने हो तर सरकारले उपत्यका क्षेत्राधिकार हुनेगरी मात्र प्राधिकरण बनाउनुले शंका उब्जाएको छ।

मन्त्रीको ध्यान महानिर्देशकतिर
यातायात व्यवस्था विभागमा केही महिनाअघि कुमारप्रसाद दाहाल महानिर्देशकका रूपमा आएका थिए। त्यसअघि लावण्यकुमार ढकाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको रोजाइमा यही पद सम्हाल्न आएका थिए। उनी पनि छोटो समयमै विभागबाट बाहिरिए। अहिले विभागको नेतृत्वमा सहसचिव गोगनबहादुर हमाल आइपुगेका छन्।

२०७५ चैतमा यातायात व्यवस्थापन कार्यविधि संशोधनसहित कार्यान्वयनमा ल्याएर सिन्डिकेट अन्त्यको घोषणा गरेका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्री महासेठले नै ‘विशेष’सहयोगका लागि भन्दै मन्त्रालय तानेका थिए। आफू अनुकुल काम नगर्ने महानिर्देशकलाई मन्त्री महासेठले तत्काल सरुवा गर्ने गरेको पछिल्ला ३ महानिर्देशकको सरुवाले पुष्टि गर्छ।

धेरैको चासोमा नपर्ने यातायात व्यवस्था विभागमा मन्त्रीको अनुकूलमा काम नगर्ने महानिर्देशक सरुवा गर्ने विषय नयाँ भने होइन। अहिलेको परिस्थिति अलिक फरक नै रहेको देखिन्छ। दुई तिहाई बहुमतको सरकारले जनताका काम गर्ने वाचा गरे पनि मन्त्रीले भने कर्मचारीलाई आफ्नो कामका लागि मात्र वाचा गराउने गरेको देखिन्छ।

विभागले विगतमा गर्ने मुख्य काम नेपाल आयात हुने सवारीको प्रदूषणलगायत पास गर्ने, रुट-पर्मिट कायम गर्ने, सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र दिने, भाडा निर्धारण गर्नेलगायत काम गर्दै आएको छ। देश संघीय संरचनामा गएसँगै देशमा तीन तहका सरकार बनेका छन् र उनीहरुको कामसमेत तोकिएको छ।

संविधानले विभागले गर्दै आएका काम प्रदेश सरकारले गर्नेगरी तोकेको छ। त्यहीअनुरुप सवारी दर्ता, लाइसेन्स दिने, आफ्नो सीमामा भाडा निर्धारण गर्नेलगायत काम प्रदेश सरकारले गर्छ। प्रदेश सरकारको आफ्नै प्रादेशिक यातायात ऐन धमाधम बन्दैछन्। प्रदेश ३ ले बनाई नै सकेको छ।

संघीय संरचनामा जाने भएसँगै विभागलाई संघीय यातायात ऐन बनाउन सहजीकरण गर्न, प्रदेश अनुसार सवारीको डाटा वर्गीकरण गर्ने र लाइसेन्सको सफ्टवेयरलगायत विषय प्रदेशलाई हस्तान्तरण राखिएको हो। विभागले २ वर्षयता संघीय यातायात ऐनको मस्यौदा बनाउने काम बाहेक अर्को काम गरेको छैन। मन्त्रीको ध्यान पनि आफू अनुकुलको काम गर्ने महानिर्देशक खोज्नमै केन्द्रित छ।

सिन्डिकेट हटाउने काममा पनि मन्त्रीले विभागका महानिर्देशकलाई आफू अनुकूल चलाउन चाहे। नचाउन सकुञ्जेल नचाए, नाच्न छाडेपछि महानिर्देशक पदबाटै हटाए। त्यो कमजारी नै छ।

संविधानले नै लाइसेन्स दिने जिम्मा प्रदेश सरकारलाई दिएको छ। यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री भने विभागमार्फत ५८ करोडभन्दा बढीको १० लाख स्मार्ट कार्ड र मास प्रिन्टर मेसिन किन्ने निर्णय गराइरहेका छन्। जुन आउने क्रममा रहेको छ। लाइसेन्सको ट्रायलका लागि आवश्वक पर्ने ट्रायल सेन्टर वर्षौका लागि निकटका मानिसलाई दिलाउन लागिपरेका छन्। यी र यस्ता सयौं काम छन् जुन विभागले गर्नै पाउँदैन। 

यी सबै काम प्रदेश सरकारले आफूलाई अनुकुल हुने गरी गर्न पाउने संवैधानिक अधिकार हो। तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कमिसनको चक्करमा प्रदेश सरकारले गर्ने काम सबै आफैं गरिरहेको छ। त्यसैले मन्त्री महासेठले दुई तिहाई सरकारको दुहाई दिएर मनपर्दी काम गर्नुभन्दा संविधानले तोकेको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्नेतर्फ अग्रसर हुनु उपयुक्त हुन्छ। ठेक्का र कमिसनको लोभमा भन्दा कानुन कार्यान्वयन गर्दै प्रदेश सरकारलाई उपलब्ध गराउनु पर्ने डाटा पुर्‍याउन सहजीकरण गर्नु उपयुक्त हुन्छ। 

विभागसँग भएका तथ्य/तथ्यांक र सफ्टवेयर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बेला आएको छ। समयमै त्यसो नगर्ने हो भने प्रदेश सरकारहरुले आ-आफ्नै सफ्टवेयर बनाए त्यसपछि विभागले दिने सफ्टवेयरको कुनै अर्थ रहने छैन।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्