चरिकोट- दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ।
बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय सुन लिङ लङको मृत्यु भएको हो। काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।
इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। आयोजनामा उनी ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।