बारा- प्रहरीलाई नै आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बारा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका-५ बस्ने ४५ वर्षीय शम्भु प्रसाद साह, सोही गाउँपालिका-६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका-१६ का २४ वर्षीय छोटेलाल पटेल छन्।
शनिबार दिउँसो करिब २ बजेको समयमा जिल्ला बारा विश्रामपुर गाउँपालिका-१ छतवा स्थितमा सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी गस्ती टोलीलाई उनीहरूले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए।
'भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न ठाउँमा ओसार पसार गर्ने काम गर्छौं, मासिक रुपमा तपाईहरुलाई लाईन मिलाउन आएको भनी निजहरूले पैसा निकाली गस्तीमा खटिएका प्रहरी टोलीलाई २६ हजार रुपैयाँ दिन खोजेका थिए। प्रहरीले जवाफमा 'हामी लिन्नौ, तपाईहरू फर्किनु होस्, हामी तस्करी गर्न दिन्नौं' भनेका थिए। तर उनीहरूले अपशब्द प्रयोग समेत गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।